Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको साधारणसभा आज, यी हुन् पारित हुने एजेन्डा

अर्थ संसार

शनिबार, ०५ भदौ २०७८, ०९ : ५९ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको साधारणसभा आज, यी हुन् पारित हुने एजेन्डा

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा आज (भदौ ५ गते, शनिबार) हुँदैछ । 

कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

सभामा संस्थाले अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिसन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गर्दैछ । 

त्यस्तै, सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि रहेको छ ।

त्यसैगरी सभामा सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुकक्लोज गरेको छ । साउन २४ गतेसम्मका कायम सेयरधनी साधारण सभामा भाग लिन पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको