Like us!
Follow us!
Connect us!
Watch us!

निकट भविष्यमै हिमनदीको अन्त्य : निनाम कुलुङ ‘मंगले’

अर्थ संसार

आइतबार, ०६ भदौ २०७८, १४ : १७ मा प्रकाशित

निकट भविष्यमै हिमनदीको अन्त्य : निनाम कुलुङ ‘मंगले’

✍️ निनाम कुलुङ ‘मंगले’ 

हुन त जलवायु परिवर्तन भनेको पृथ्वीमा हुने नियमित र प्रक्रियागत गतविधि भित्रैपर्ने एक कृयाको रुपमा रहेको छ । तापनि मान्छेहरुको निजी स्वार्थ, स्वार्थीपन, अविवेकी र अदूर्दर्शी काम कारबाहीका कारण निकट भविश्यमै जलवायु परिवर्तनका कारण विश्वका सबै हिमनदीहरु एकएक गरेर अन्त्य हुँदैछ ! भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा समाचारहरु आई रहेका छन् । त्यस्तै जलवायु परिवर्तनक र त्यसको दर्घकालीन असरका सम्बन्धमा अध्ययन गर्ने वा गर्दै गरेका वैज्ञानिकहरुको अध्ययन प्रतिवेदहरु पनि सार्वजनिक भई रहेका छन्, प्रकाशित भई रेहेका छन् ।

त्यसो त उस्तै मान्छेहरुले नपत्याउलान् पनि, उनीहरुले पत्याउने  पनि कसरी ? किनभने कुनै आधार वा तत्कालै देखिने असर केही छैन । तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । त्यसैले जलवायु परिवर्तन सम्बन्धी विषय विज्ञहरुले विगत लामो समयदेखि नै विश्वमा तीब्र गतिमा फैलिएको जलवायु परिर्वतनको असरका कारणले सुरुमा हिमनदी पग्लने र विस्तारै हिम नदी सुक्ने, हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले अन्त्यमा गएर हिमालमा रहेका सेता हिऊँ पनि पग्लेर नांगो डाँडो (काला पहाड-भीर) मा परिणत हुने अनुमान गरेका छन् । साथै यी यावत कारणहरुले गर्दा भविश्यमा विश्वका धेरै देशहरुले स्वच्छ खानेको ठूलो संटक व्यहोर्नुपर्ने भनी चेतावनी पनि दिई रहेका छन् । 

यसरी विश्वमा तीव्र गतिमा फैलिएको जलवायु परिर्वतनको असरका कारणले हिमनदी पग्लने र विस्तारै हिम नदी सुक्ने, हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिऊँ पनि पग्लेर नांगो डाँडो (काला पहाड-भीर) मा परिणत हुने क्रमलाई रोक्न वा कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद लगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरुले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा कटौती गनुृपर्ने अभन्ने सम्बन्धमा धेरै पहिलेदेखि आवाज उठाउँदै आएका छन् । तर, उनीहरुको आवाज जति सुन्नुपर्ने हो, सम्बन्धित पक्षले सुनेको नसुने झैँ गरी रहेका छन् । 

त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनास, बेमौसमा बढ्ने गर्मी र बेमौसमा हुने जाडो, बिना सिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने  बाढी, पहिरोले गर्दा हिमाल भन्दा तल वस्ती रहेका मानिसहरुले अचानक र बेमौमा व्यहोर्नुपर्ने प्राकृतिक विपत्तिहरु सहनु परेको छ । यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास) मा बसोवास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असरका साथै भविश्यमा  क१चन, सफा, निर्मल र स्वच्छ पानी खाने (पिउने !) को मुहान नै सुक्ने वा अन्त्य हुने संभावना रहेको देखिन्छ । त्यसैले त होला, विषय विज्ञहरु यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने ? र यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा बहस र छलफल गरी रहेका छन् । तर, पनि हालसम्म मतैक्य भने हुन सकेको देखिँदैन । 

त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा विश्वका ठूला (विकसित र औद्योगिक देशहरु) जस्तो कि अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरु नै मुख्य हुन् । तर, उनीहरुबीच जलवायु परिवर्तन सम्बन्धी कस्तो नीति अपनाउने ?, कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एक मत नभएकोले धेरै पछिसम्म यसबारेमा गलफत्ती भई रहयो, अभैm पनि सो सम्बन्धमा गलफत्ती भई रहेकै अवस्था हो । तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरु जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरु भर्खरै मात्रै उद्योग धन्दा र कलकारखाना चलाउने देशमा दरिएको हुनाले गर्दा र, विकसित देशहरु अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र ‘हरित गृह ग्यास उत्पादन गर्ने हुँदा !’ सजाय, मापदण्ड वा ... पनि कमै हुनुपर्ने भन्ने जिरह वा आग्रह रहने गरेको भन्ने भनाइ सुनिन्छ ।    

जे भए तापनि अहिलेको अवस्थामा आई पुग्दा विकसित तथा औद्योगिक देशहरुले मात्रै विश्वको ३२–३३ देखि ३६–३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक सोत साधनहरु दोहन गर्दै आएका छन् भन्ने विज्ञहरुको लेखाजोखा रहेको छ । त्यस्तै यी औद्योगिक देशहरुले मात्रै विश्वको झण्डै ८१–८२ प्रतिशत वायु प्रदुषणजन्य ग्यास, धुवाँ, फोहर लगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असरचाहिँ नेपाल लगायत कम विकशित तथा अल्पविकशित देशहरुले धेरै नै भोग्नु परेको तीतो सत्यको रुपमा रहेको छ । 

हुन त हालै आएको एक समाचाुअनुसार विश्वका प्रायः सबै हिमनदीहरु तीव्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ–घाई आसपासमा बढी नै तीव्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ । केही समयअघि सहयोगी ‘काठमाण्डौ प्रेस’को अनलाइन संस्कणमा संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीहरुलाई उद्यृत गर्दै लेखेको फिचर लेखमा जनाईएअनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरु पग्लने क्रम बढेको छ । यसरी अनुमान गरेभन्दा छिटो र तीब्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा “पोजिटिभ आइस–लस फिडब्याक” भन्ने वैज्ञानिक प्रक्रिया वा भनौँ सिद्यान्त अनुसार हिमनदी पग्लने क्रम बढेको हो भन्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुको भनाइ रहेको छ । 

हुन पनि नेपाल, चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तान लगायत हिमालय क्षेत्रका देशहर र, केही युरोपेली देशहरुमा समेत बेमौसमी बाढी र पहिरो आउने क्रम बढेको  देखिन्छ । 

जस्तै गत वर्ष हिउँद याम (फेब्रुअरी महिना) मै भारतको नन्दादेवी हिमाल आसपासको हिमनदी र हिमाल पग्लेर बाढी पहिरो आएको थियो । जुन बाढी र पहिरोले गर्दा नजिकैको जलविद्युत परियोजना रहेको ड्याम र आसपासका गाउँ–वस्तीहरु तहसनहस बनाएको थियो । यसरी बेमौसममा बाढी पहिरो आउने क्रम बढ्नुमा सहायक कारणहर अरु नै हुन सके तापनि मुख्य कारणको रुपमा जलवायु परिवर्तनको असर नै हो भन्ने ठम्याई विषय विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता तथा वातावरणविदहरुको रहेको छ । जलवायु परिवर्तनले विश्वव्यापी रुपमा ल्याउने नकारात्मक र दीर्घकालीन असरलाई कसरी रोक्ने वा कम गर्ने ? भन्नेबारे, वैज्ञानिक, विषय विज्ञ, खोज–अनुसन्धानकर्ता तथा वातावरणविदहरु चिन्तित छन् । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको