Like us!
Follow us!
Connect us!
Watch us!

शिखर इन्स्योरेन्स : बीमा क्षेत्रको अग्रणी कम्पनी, लगानी गर्न कति सुरक्षित ?

अर्थ संसार

आइतबार, ०६ भदौ २०७८, १६ : ०६ मा प्रकाशित

शिखर इन्स्योरेन्स : बीमा क्षेत्रको अग्रणी कम्पनी, लगानी गर्न कति सुरक्षित ?

मुलुकको १५औं निर्जीवन बीमा कम्पनीका रूपमा २०६१ साल मंसिरमा स्थापित शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेड नेपाली निर्जीवन बीमा क्षेत्रको अग्रणी कम्पनी हो । कम्पनीले नेपालभर १०० वटा भन्दा बढी शाखाहरूबाट सेवा प्रदान गरिरहेकाे छ । 

 सञ्चालक समिति तथा कम्पनीकाे व्यवस्थापन समुह 

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे नेतृत्व राजेन्द्र प्रसाद श्रेष्ठले गरेका छन् । उनको सञ्चालक समितिमा सञ्चालकहरूमा क्रमश : रमेश कुमार लुइँटेल, शिद्धिमान सिंह बस्नेत, स्कन्द अमात्य, दिनेश बज्रचार्य, साैरभ जे.बी. राना र डा. स्रुजना श्रेष्ठ रहेका छन् । 

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दीप प्रकाश पाण्डे रहेका छन् । पाण्डेसँग बीमा क्षेत्रमा दुई दशकको अनुभव छ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडमा सामेल हुनुभन्दा पहिले उनी एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा करिब १० वर्ष कार्यरत थिए । उनले बेलायत, भारत जस्ता देशहरूमा बिमा सम्बन्धी विभिन्न प्रशिक्षण कार्यक्रमहरुमा भाग लिएका छन् ।

कम्पनीकाे वित्तीय अवस्था

गत आर्थिक वर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.६८ प्रतिशतले बढेर ४७ करोड ५७ लाख ३६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ४५ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

असार मसान्तसम्म कम्पनीको बीमा शुल्क पनि १२.८० प्रतिशतले बढेर ३ अर्ब ९७ करोड २३ लाख ८९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधि सम्ममा कम्पनीले यस्तो मुनाफा ३ अर्ब ५२ करोड १६ लाख ५० हजार रुपैयाँ आर्जन गरेको थियो ।

हाल चुक्ता पुँजी १ अर्ब ७५ करोड ८५ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५७ करोड २० लाख ४५ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको बीमा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ र महाविपत्ति कोषमा १३ करोड २३ लाख ८१ हजार रुपैयाँ सञ्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ०५ पैसा छ गत वर्षको यसै अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ५८ पैसा थियो । कम्पनीकाे प्रतिसेयर नेटवर्थ २१३ रुपैयाँ ७१ पैसा रहेको छ ।

सेयर बजारमा शिखर इन्स्याेरेन्सकाे स्थान

सेयर बजारमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई नियाल्दा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको १ करोड ७५ लाख ८५ हजार २ सय ४० कित्ता सेयर सूचिकृत छ । हाल नेप्सेमा यस कम्पनीको सेयरमूल्य २ हजार २८ रूपैयाँ छ । कम्पनीको सेयर एक वर्षयता अधिकतम ३ हजार २१ रूपैयाँ र न्युनतम एक हजार २ सय २१ रूपैयाँमा कारोबार भएको छ ।

कम्पनीको पछिल्लो १२० दिनको औषत मूल्य २ हजार ५४ रूपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको मूल्यलाई एकैछिन नियालौं । कम्पनीको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयर मूल्य थोरै घटेको छ ।

कम्पनीकाे संस्थापक र सर्वसाधारणकाे सेयर स्वामित्व ५१:४९ प्रतिशत कायम छ ।

कम्पनीकाे लाभांश इतिहास

सुरूवातदेखि नै कम्पनीले आफ्ना लगानीकर्ताहरूलाई आकर्षक प्रतिफल दिँदै आइरहेको छ । कम्पनीकाे सेयरमा ९ वर्ष अगाडि १०० कित्ता सेयर किन्ने लगानीकर्ताहरूकाे सेयर संख्या कम्पनीले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेकाे बाेनसले गर्दा अहिले बढेर ६ सय ६० कित्ता पुगेकाे छ । यसैगरी, लगानीकर्ताहरूले लगानी गरेकाे भन्दा २ गुणा धेरै रकम कम्पनीले दिएकाे नगद लाभांशबाट प्राप्त गरिसकेका छन् ।

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ वर्षको लाभांश इतिहास यस प्रकारकाे छ :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६७/६८ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई ४० प्रतिशत बाेनस र २.१ प्रतिशत नगद गरि कूल ४२.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २४ प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २५.२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई ६० प्रतिशत बाेनस र ३.१६ प्रतिशत नगद गरि कूल ६३.१६ प्रतिशत नै लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २९ प्रतिशत बाेनस र १.५३ प्रतिशत नगद गरि कूल ३०.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई कुनै प्रकारकाे लाभांश वितरण गरेकाे थिएन ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा कम्पनीले आफ्ना सेयरधनीहरूलाई २७.७६९ प्रतिशत बाेनस र १.४६२ प्रतिशत नगद गरि कूल २९.२३१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

कम्पनीमा लगानी कति सुरक्षित ?

कम्पनीको मूल्य आम्दानी अनुपात (पिई रेसियो) ७४.९४ छ । सामान्यत पिई रेसियो १५ भन्दा कम भएको कम्पनी लगानीका लागि आकर्षक मानिन्छ । पिई रेसियो २० प्रतिशतसम्मलाई पनि लगानीका लागि खासै जोखिम नभएको ठानिन्छ । तर शिखर लाइफको सेयर मूल्य र प्रति सेयर आम्दानीको गणना गरेर पिई रेसियो निकाल्दा निकै महंगो मूल्य देखिन्छ । यति धेरै पिई रेसियो भएको कम्पनीको सेयरमा गरिएको लगानी जोखिमपूर्ण मान्नु पर्छ ।

तर हामीले लगानी गर्दा पिई रेसियो मात्र हेरेर हुँदैन । कम्पनीकाे समग्र वित्तीय अवस्था र अन्य सुचकहरूकाे राम्ररी अध्ययन गरेर मात्र लगानी गर्नुपर्दछ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले १०:३० को अनुपातमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न जेठ २५ गते मंगलबार नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबाेन) मा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । कम्पनीको हकप्रदलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नाे वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ । कम्पनीकाे चैत्र ९ गते, साेमबार कम्पनीकाे केन्द्रीय कार्यालय, थापाथली, काठमाडाैँमा सम्पन्न भएकाे पन्ध्राैँ तथा साेर्हाैँ वार्षिक साधारण सभाले चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

नोट : हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्तरुपमा लगानीकर्ताहरुको स्वविवेकमा र्निभर रहन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको