Like us!
Follow us!
Connect us!
Watch us!

फेरी बढ्यो पेट्रोलसहित ग्यासको मूल्य

अर्थ संसार

मंगलबार, ०८ भदौ २०७८, ०६ : ३२ मा प्रकाशित

फेरी बढ्यो पेट्रोलसहित ग्यासको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलसहित खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको हो ।

जस अनुसार डिजेल, पेट्रोल र मट्टितेलकाे मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ भने एलपी ग्यास प्रतिसिलिण्डर २५ रुपैयाँले बढेकाे छ ।  

नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १३० र डिजेल तथा मट्टितेलको ११३ रुपैयाँ पुगेको छ। निगमले हवाई इन्धनकाे मूल्य २ रुपैयाँ प्रतिलिटर वृद्धि गरी ८६ रुपैयाँ प्रतिलिटर पुर्याएको छ।

त्यसैगरी, एलपी ग्यास प्रति सिलिण्डर १ हजार ४५० कायम गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको