Like us!
Follow us!
Connect us!
Watch us!

आशा लघुवित्त छैठौँ वर्षमा प्रवेश

अर्थ संसार

मंगलबार, १५ भदौ २०७८, १४ : ४९ मा प्रकाशित

आशा लघुवित्त छैठौँ वर्षमा प्रवेश

आशा लघुवित्त वित्तीय संस्था लिमिटेड आज (भाद्र १५ गते, मंगलबार) बाट पाँचौ वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ ।

पाँचौ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश मार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले वित्तीय संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्दै संस्थालाई यस उचाईमा ल्याउनका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने नियामक निकाय, संचालक समिति, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, लगानीकर्ताहरु, ग्राहक सदस्यहरु, कर्मठ कर्मचारीहरु लगायत स्थानिय समुदायलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत साथ र सहयोगको अपेक्षा रहिरहने बताएका छन् ।

नेपाल राष्ट्र बैंकबाट घ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘विपन्न समुदायका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी–६, नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार सुरु गरेको हो ।

हाल संस्थाले आफ्ना ५५ वटा शाखा कायालयहरु मार्फत ६५ हजार भन्दा बढि  सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब भन्दा बढि कर्जा प्रवाह गर्नुका साथै १ अर्ब ३२ करोड भन्दा बढि निक्षेप संकलन गरेको छ । 

612df159c725d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको