Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले ग्लोबल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा दिने

अर्थ संसार

बुधबार, १६ भदौ २०७८, १७ : ५९ मा प्रकाशित

प्रभु बैंकले ग्लोबल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा दिने

प्रभु बैंक लिमिटेड र काठमाण्डौ, मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनका बीच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन मा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा आज हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ग्लोबल एकेडेमीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले कलेज मा आयोजित एक कार्यक्रममा हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम ५ लाख रूपैयाँसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउनेछ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको