Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकद्धारा रक्तदान कार्यक्रम आयोजना

अर्थ संसार

शुक्रबार, २५ भदौ २०७८, १५ : ५१ मा प्रकाशित

सिन्धु विकास बैंकद्धारा रक्तदान कार्यक्रम आयोजना

सिन्धु विकास बैंक लिमिटेडको १२औँ वार्षिक उत्सवको अवसरमा बैंकले आज २०७८ भाद्र २५ गते  बैंकको कर्पोरेट कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष, संचालकहरु, कर्मचारीहरु, अन्य संघ संस्थाका कर्मचारीहरु तथा बैंकका ग्राहकहरु लगाएत आम सर्वसाधारण व्यक्तिहरुले समेत रक्तदान गरेका थिए । रक्तदान गर्ने सम्पुर्ण व्यक्तिहरुलाई बैंकले प्रमाणपत्र समेत प्रदान गरेको छ । 

बैंकले सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैंकिङ्ग ईकाइबाट सन्ध्याकालिन बैंकिङ्ग सेवा, मोबाईल बैंकिङ्ग, SCT डेबिट कार्ड, SMS Banking, QR Code, C–ASBA लगायत सम्पुर्ण बैंकिङ्ग सेवाहरु प्रदान समेत गर्दै आईरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको