Like us!
Follow us!
Connect us!
Watch us!

मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

अर्थ संसार

आइतबार, ०३ असोज २०७८, १३ : २४ मा प्रकाशित

मोदीको जन्मदिनमा २ करोड भारतीयलाई खोप

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको अवसरमा दुई करोड भारतीयलाई कोभिड खोप लगाइएको छ ।

मोदीको ७१औं जन्मदिनको  अवसरमा एकै दिनमा दुई करोडलाई खोप लगाइएको हो । यो एकै दिन लगाइएको अहिलेसम्मकै धेरै परिणामको खोप हो । यसअघि २७ अगस्टमा एकैदिन एक करोड ३० लाखलाई खोप लगाइको थियो । 

भारतले सन् २०२१ को अन्त्यसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने उद्देश्य राखेको छ । तर, सो लक्ष्य पुरा गर्न निरन्तर खोप अभियान चलाइनुपर्ने विज्ञहरूको जोड छ । 

तीन थरिका कोभिड खोप गरी अहिलेसम्म ७९ करोड भारतीयले पूर्णखोप लगाएका छन् । त्यस्तै, ५९ करोड भन्दाबढीले कोभिडको पहिलो डोज लगाएका छन् । तर, गत ज्यानुअरीमा खोप अभियान सुरु भएपछि जम्मा २० प्रतिशत बयस्कले खोप लगाएका छन् ।
 
भारतमा अहिलेसम्म ३ करोड भन्दाबढी कोरोनाबाट संक्रमित भइसकेका छन् । विश्वमा अमेरिकापछि भारत कोभिडबाट सवैभन्दा बढी प्रभावित छ । भारतमा कोभिडबाट अहिलेसम्म चार लाख ४० हजारको मृत्यु भइसकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको