Like us!
Follow us!
Connect us!
Watch us!

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

अर्थ संसार

मंगलबार, ०५ असोज २०७८, ०६ : ४८ मा प्रकाशित

माधव नेपालले भने: पिलो निचोरेर आनन्द भयो भन्नेले दिनदिनै किन संसद्‌मा कराउने ?

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी फुटाउन कसैको रहर नभएको बताएका छन् ।

हिजो काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पार्टी फुटाउन रहर नभएको तर बाध्यता भएको बताएका हुन् । उनले जाने ढोका बन्द गरेपछि पार्टी फुटाएको स्पष्ट पारेका छन् ।

नेपालले सर्वोच्च अदालतमा विचाराधीन विषयलाई संसद्‌मा कुरा उठाउन नपाइनेसमेत बताए ।

‘सर्वोच्च अदालतमा रहेको विचाराधीन कुरालाई संसद्‌मा उठाउन पाइँदैन भनेको छ’, उनले भने, ‘त्यही पनि अरूको काँध चढेर माइक खोसेर भाँचिदिन्छु भनेर कसरी उफ्रेका होलान् ?  कस्तो सन्तान जन्माएका, कस्ता मान्छे बनाएछन् ! कस्तो कुरा सिकाएछन् ? कस्तो भाषा प्रयोग गर्छन् ? सधैँभरि कान थुन्न, आँखा मिचेर हेर्न पनि मन लाग्दैन ।’

उनले संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको पनि उल्लेख गरे ।

‘सर्वोच्च अदालतको फैलसा पढेको छैन । सर्वोच्च अदालतले प्रस्ट भनेको छ- प्रतिनिधिसभा विघटन गर्न पाइँदैन’, उनले भने,  ‘संविधानको धारा ७६ को उपधारा ५ मा सरकार गठन भएन भने मात्र संसद् विघटन गर्न पाइने व्यवस्था गरेको छ । त्यसबाहेक कसैले पनि विघटन गर्न पाउँदैन भनेर सर्वोच्च अदालतको फैसला पढेका छैनन् र ?’

उनले चोइटिएर मान्छे गए भन्नेले संसदमा किन नारा लगाउन परेको भन्दै ‘पिलो निचोरेर आनन्द भयो भन्ने मान्छेले दिनदिनै किन संसदमा कराउनुपर्ने स्थिति बनेको छ ?’ भनेर प्रश्न पनि गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको