Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सानिमा माई हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

अर्थ संसार

शुक्रबार, ०८ असोज २०७८, १० : २७ मा प्रकाशित

लाभांश पारित गर्न सानिमा माई हाइड्रोले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । 

कम्पनीकाे भदाै २४ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे दशाैँ वार्षिक साधारण सभा कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चाेक, काठमाडाैँ र भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुनेछ । 

सभामा सञ्चालक समितिकाे बैठकले निर्णय गरे अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा वार्षिक विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरी निजकाे पारिश्रमिक निर्धारण गर्ने, कम्पनीका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ ।

त्यसैगरी, साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

614d598dc7615.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको