Like us!
Follow us!
Connect us!
Watch us!

एचआइडिसियलको संस्थापक सेयर लिलामीमा कार्टेलिंग, साना लगानीकर्ताले आवेदन गर्नै नपाउने

अर्थ संसार

आइतबार, १० असोज २०७८, १९ : २६ मा प्रकाशित

एचआइडिसियलको संस्थापक सेयर लिलामीमा कार्टेलिंग, साना लगानीकर्ताले आवेदन गर्नै नपाउने

हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को साधारण सेयरमा परिणत भइसकेको संस्थापक सेयर लिलामीमा कम्पनीले कार्टेलिंग गरेको छ । बिक्री नभएको हकप्रद सेयरमा कम्पनीले कार्टेलिंग गरेर ठूला लगानीकर्तालार्ईृ सस्तोमा सेयर विक्री गर्न खोजेको आरोप लगानीकर्ताले लगाएका छन् । कम्पनीले असोज ७ गतेदेखि हकप्रदमा अवितरित संस्थापक सेयर र साधारण सेयर लिलाम बढाबढ मार्फत बिक्रि आह्वान गरेको छ । 

कम्पनीले संस्थापकतर्फ ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समुहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बढाबढमा राखेको छ । इच्छुक आवेदकले यही असोज ७ गतेदेखि  असोज १४ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीमा हाल ३० प्रतिशत स्वामित्व रहेका संस्थापक सेयरधनी संस्थानहरु कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानले कम्पनीको हकप्रदमा लगानी नगरेपछि उक्त सेयर लिलामीमार्फत बेच्न लागेको हो । कम्पनीमा ५० प्रतिशत नेपाल सरकारको स्वामित्व, ३० प्रतिशत ३ वटा संस्थानहरुको र २० प्रतिशत सर्वसाधारण लगानीकर्ताहरुको स्वामित्व रहनेगरी सेयर संरचना तयार भएको थियो । ती ३ वटा संस्थानहरुले कम्पनीको हकप्रदमा लगानी नगरेपछि यो परिवर्तन हुने भएको छ । 

कम्पनीले हकप्रदमा अवितरित साधारण र संस्थापक समूहको सेयर लिलाम बढाबढ प्रक्रियाबाट बिक्रि गर्ने प्रक्रिया अगाडि बढाएपछि विवाद सिर्जना भएको छ ।  कम्पनीले संस्थापक समूहको सेयरमा आम लगानीकर्ताहरुको पँहुच नपुग्ने गरी सूचना प्रकाशित गरेपछि यसमा आम लगानीकर्ताहरु रुष्ट हुन पुगेका छन् ।

कम्पनीले साधारण सेयर न्युनतम १०० कित्ताका लागि आवेदन गर्न पाउने भए पनि संस्थापक सेयरमा भने कम्तिमा  १ करोड कित्ता आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरेको छ । संस्थापक सेयरमा आवेदन गर्ने लगानीकर्ताले कम्तिमा एक करोड कित्ताका लागि आवेदन दिनुपर्ने नियमले साधारण र मध्यम बर्गका लगानीकर्ताको पहँचमा यो कम्पनीको संस्थापक सेयर नपर्ने पक्का छ । कम्पनीले कम्पतीमा १ करोड कित्ताका कागि न्यूनतम एक सय रुपैयाँका दरले आवेदन गर्दा पनि १ अर्ब रुपैयाँ आवश्य हुन्छ । जुन सर्वसाधारणले आवेदन गर्न संभव रकम होईन । 

यो कम्पनीको संस्थापक सेयर संस्थापक समूहको सेयर भएपनि लकिङ अवधि पुगिसकेकाले साधारण सेयर सरह यसको संस्थापक सेयर पनि बिक्रि गर्न सकिन्छ । त्यसैले यो कम्पनीको संस्थापक सेयर खरिद गर्नका लागि विभिन्न समूहको चलखेल भएको आरोप लगानीकर्ताहरुको छ । कुनै २ ४ जनाको समूहले न्यूनतम आवेदनको १ करोड कित्तामा अंकित मूल्यमा थोरै प्रिमियम थपेर आवेदन गरेर सेयर हन्यायनृ दाउ गरेका छन् । 

एक लगानीकर्ताले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा भने नेपालका सीमित ठुला औद्योगिक घरानाहरुकै यस कम्पनीको सेयरमा आँदा लगाएको देखिन्छ । सस्तोमा संस्थापक सेयर हत्याएर बजार मूल्यमा मूल्यमा बेच्ने योजनामा  ती समूहहरु छन् । एक करोड कित्ताका लागि आवेदन दिन कम्तिम १ अर्ब रुपैयाँ चाहिन्छ । अब नेपालमा १ अर्ब रुपैयाँको सेयरमा आवेदन गर्न सक्ने लगानीकर्ताहरुको संख्या कति होला ? तपाई आँफै भन्नुहोस् । अनि यो कुन नियतले यस्तो निर्णय गरियो रु कुरा स्पष्ट छ । यसमा अर्वौं रुपैयाँको चलखेल छ । अहिले नियामक निकायहरु नै विभिन्न गैरकानुनी काममा संलग्न भएकाले निलम्बनमा छन् । अव यो अनियमिततालाई कसले छानबिन गर्ने रु के सामान्य लगानीकर्ताहरुले संस्थापक सेयरमा लगानी गर्न नपाउने ? दश हजार कित्ता वा एक लाख कित्तासम्म पनि भएको भए ठिकै होला भन्न सकिन्थ्यो । यो एक करोड कित्ता सेयर किन्न सक्ने त नेपालमा औँलामा गन्न सकिने मात्र मानिसहरु छन् । त्यसैले यो सूचना पनि उनिहरुकै योजनामा आएको हो । 

कम्पनीले संस्थापक सेयर किन्न १ करोड कित्ताभन्दा बढीका लागि आवेदन दिनु पर्ने सर्त हाइड्रोइलेक्ट्रोसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको नियमावली २०६८ को १० नम्बरका आधारमा राखेको बताएको छ । यसमा कम्पनीको संस्थापक सेयरधनी हुन कम्तिमाकम्पनीको एक करोड कित्ता संस्थापक सेयर हनुपर्ने व्यबस्था छ  । त्यहि व्यवस्थाकै आधारमा कम्पनीले संस्थापक समूहका लागि आवेदन गर्दा कम्तिमा १ करोड कित्ता आवेदन गर्नुपर्ने भनि सूचना प्रकाशित गरेको एचआइडिसिएलका कम्पनी सचिव जीवन बस्नेतले बताए । 

यो कम्पनीको संस्थापक सेयरको लकिंग पिरियड सकिएको छ । अब संस्थापक सेयर पनि साधारण सेयर सरह बजारमा बेच्न सकिन्छ । यसरी साधारण सेयर सरह बजार मूल्यमा बेच्न पाउने सेयर एक करोड कित्ताभन्दा बढी मात्र आवेदन गर्न पाइने भनेर राख्नु कार्टेलिंग गर्र्ने नियत भएको अर्का एक लगानीकर्ता बताउँछन् । बजार आइतबार यस कम्पनीको सेयर प्रतिकित्ता ३६४ रुपैयाँमा कारोबार भएको थियो । संस्थापक समूहको सेयर किन्नेहरुले पनि यो सेयर साधारण सेयर सरह बजारमा बिक्रि गर्न सक्नेछन् । 

यसरी हेर्दा ठूला लगानीकर्ताले सर्बसाधारणको पहुँचमा नभएको सेयर सस्तोमा हत्याएर तुरुन्तै अर्बौ नाफा गर्न सक्ने देखिन्छ । 

एचआइडिसीएलका कम्पनी सचिव बस्नेत कम्पनीको नियमावली संस्थापक सेयर बिक्रीका लागि बाधक  रहेको बताउँछन् । संस्थापक सेयरको लकिंग पिरियड सकिएको छ, अब संस्थापक पनि साधारण सेयर जस्तै हो । तर कम्पनीको संस्थापक बन्न १ करोड कित्ता सेयर किन्नै पर्छ । नियमावली संसोधन नगरी हामीले १ करोड कित्ता भन्दा घटी संस्थापक सेयर बेच्न सक्दैनौं ।

उनले संस्थापक सेयर मात्र बाँकी राखेर साधारण सेयर मात्र लीलामीमा बिक्री गर्न पनि कानुन बाधक रहेको बताए । नविकेको संस्थापक सेयर र साधारण सेयर एकै पटक बेच्नु पर्ने ब्यवस्था छ, उनले भने, हकप्रद निस्कासन गरेर बाँडफाँड गरेको एक सातामै नविकेको सेयर बेच्नु पर्छ । त्यसैले हामीले संस्थापक सेयर कसरी बेच्ने भनेर छलफल गर्न पनि पाएनौं । 

सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डसंग यस बिषयमा कुरा गर्दा बोर्डका कार्यकारी निर्देशक निरज गिरीले अहिलेसम्म आँफूलाई त्यस विषयमा केही जानकारी नभएको बताए । आज कार्यलय बन्द भइसकेकाले भोलि सुपरिवेक्षण शाखामार्फत सत्य तथ्य बुझ्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको