Like us!
Follow us!
Connect us!
Watch us!

"गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन" भन्दै संसदमा एमाले सांसदकाे नाराबाजी

अर्थ संसार

सोमबार, २५ असोज २०७८, १४ : ३९ मा प्रकाशित

"गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन" भन्दै संसदमा एमाले सांसदकाे नाराबाजी

प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् । 

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् । 

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् । 

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको