आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
फाइनान्सकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस