Like us!
Follow us!
Connect us!
Watch us!

२ वाणिज्य बैंककाे लाभांश घाेषणा, कुनकाे कति ?

नेप्से

सोमबार, ०८ कार्तिक २०७८, १४ : ५६ मा प्रकाशित

२ वाणिज्य बैंककाे लाभांश घाेषणा, कुनकाे कति ?

२ वटा वाणिज्य बैंककाे लाभांश घाेषणा गरेका छन् ।  नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेडकाे लाभांश घाेषणा भएकाे हाे । 

नेपाल बैंक लिमिटेडकाे कार्तिक ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

त्यसैगरी, सिद्धार्थ बैंक लिमिटेडकाे कार्तिक ७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको