Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न गुराँस लाइफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १२ : ५९ मा प्रकाशित

लाभांश पारित गर्न गुराँस लाइफले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे एघाराैँ वार्षिक साधारण सभा मंसिर १० गते, शुक्रबार कम्पनीको प्रधान कार्यालय, श्री राज भवन, तिनकुने, काठमाडौंमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट आयोजना हुनेछ । 

सभामा कम्पनीकाे साउन २४ गते, आइतबार बसेकाे सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीको शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी, अधिकृत पुँजी र जारी पुँजी वृद्धि हुने हुँदा सोहीअनुरुप नियमावली संशाेधन गर्ने लगायतका एजेन्डा छन् । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २३ गतेदेखि मंसिर १० गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसैले, कात्तिक २२ गतेसम्म कायम सेयरधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

617a51c781ab0.jpg 617a51c88ef5b.jpg 617a51c98605b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको