Like us!
Follow us!
Connect us!
Watch us!

मुक्तिनाथ विकास बैंकले बढाएर गर्यो लाभांश घोषणा, बाेनस कति ?

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, १० : ५८ मा प्रकाशित

मुक्तिनाथ विकास बैंकले बढाएर गर्यो लाभांश घोषणा, बाेनस कति ?

मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

बैंककाे लाभांश बढेकाे छ । गत आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.२५ प्रतिशत बाेनस र ४.२६ प्रतिशत नगद गरि कूल १५.५१ प्रतिशत लाभांश वितरण गरेकाे गरेकाे थियाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

यस्ताे छ मुक्तिनाथ विकास बैंक लिमिटेड​को ९ वर्षको लाभांश इतिहास :

१. आर्थिक वर्ष २०६८/६९ : आर्थिक वर्ष २०६८/६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २२.५ प्रतिशत बाेनस र २७.५ प्रतिशत नगद गरि कूल ५० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र ७.५ प्रतिशत नगद गरि कूल २७.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३८ प्रतिशत बाेनस र २ प्रतिशत नगद गरि कूल ४० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३१ प्रतिशत बाेनस र १.६३ प्रतिशत नगद गरि कूल ३२.६३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३४ प्रतिशत बाेनस वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १८.२५ प्रतिशत बाेनस र ०.९६ प्रतिशत नगद गरि कूल १९.२१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १७.६ प्रतिशत बाेनस र ०.९३ प्रतिशत नगद गरि कूल १८.५३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

९. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ११.२५ प्रतिशत बाेनस र ४.२६ प्रतिशत नगद गरि कूल १५.५१ प्रतिशत लाभांश वितरण गरेकाे छ ।

617e26792b9d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको