Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १० : २१ मा प्रकाशित

राष्ट्र बैंकको आरटीजीएस प्रणाली बुधबार र शनिबार पनि सञ्चालन हुने

नेपाल राष्ट्र बैंकले रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली बुधबार र आउँदो शनिबार पनि सञ्चालन गर्ने भएकाे छ ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै विकास ऋणपत्र २०७८ ‘ङ’ र शनिबार विकास ऋणपत्र २०८५ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई आरटीजीएस प्रणाली सञ्चालन राख्न निर्देशन दिएको हो । 

राष्ट्र बैंकले दुबै दिन बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने राष्ट्र बैंकद्वारा जारी सूचनामा उल्लेख छ । आरटीजीएस प्रणालीमार्फत एक बैंकका ग्राहकले आवश्यकताअनुसार अर्को बैंकमा भुक्तानी कारोबार फर्छ्याै गर्न सक्नेछन् ।

यस प्रणालीबाट चेक नकाटी सीधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी गर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको