Like us!
Follow us!
Connect us!
Watch us!

घट्दै जादा किन्दै जाने, अब बिस्तारै बजार प्रबेश गर्ने बेला हो : काकासँगको कुराकानी

अर्थ संसार टक

विहीबार, २५ कार्तिक २०७८, १३ : ५६ मा प्रकाशित

निरन्तर बढेर ३२०० अंक नाघेको बजारमा केही करेक्सन आउन सक्ने देखेर आँफू केहि समय सेयर बजारबारे नबोलेको लगानीकर्ताहरुका माझ काकाको नामले परिचित केशब कोइराला बताउँछन्।

सधै सामाजिक सञ्जाल र मिडियाहरुमा छाइरहने तपाई केहि सयम त हराउनु भयो नि ? भन्ने प्रश्नमा कोइरालाले भने, हाम्रो बजारका लगानीकर्ताहरु सधै बजार बढ्छ भनेको मात्र सुन्न चाँहन्छन् तर वास्तविक रुपमा बजारको सुन्दरता बढाई र घटाईमै छ । कसैले यदि बजार अब घट्न सक्छ है भनेर भन्यो भने उसको खेदो खनिन्छ । अनि जुन बेला पनि जसले बजार बढ्छ मात्र भन्छ उसले मात्र तालि पाउँछ । अब पहिल्लो समय मैले पनि बजार घट्ने अनुमान गरेको थिए । जुन कुरा सामाजिक सञ्जाल र मिडियामा बोलेर गाली खानुभन्दा चुप लागेकै बेस होला भन्ने लागेर नबोलेको हुँ ।   

“बजार बढ्दा जसरी सानादेखि ठूला सबै लगानीकर्ताहरुले कमाउँछन् । त्यसैगरी घट्दा पनि सबैले गुमाउँछन् । फरक यति हो कि पुराना एबं अनुभवि लगानीकर्ताहरुले बढेको बजारमा सेयर बेचेर केही रकम सञ्चित गरेर राखेका हुन्छन् । बजार घट्दा खरिद अवसरका रुपमा लिएर सेयर किन्छन् । नयाँ र कम अनुभव भएका लगानीकर्ताहरुले भएभरको सबै पूँजी बढ्दो बजारमा खन्याउँछन् । बजार जब घट्छ उनीहरु आत्तिएर  प्यानिक सेल गर्न थाल्छन् । यही भएर मैले विभिन्न फोरमहरुमा बारम्बार भन्ने गर्छु । आँफूसँग भएको शत प्रतिशत लगानी एकै पटक कहिल्यै गर्नु हुँदैन।”

आफूले हिजो नेप्से ३२०० को बिन्दुमा हुँदा पनि केही रकम सञ्चित गरेको र २५०० पुग्दा समेत केहि रकम सञ्चित गरेरै राखेको भन्दै उनले जहिले पनि लगानीकर्ताहरु बजारको जुन अवस्थाका लागि पनि तयार हुनुपर्ने उनको तर्क छ । बजार जति जति करेक्सन हुँदै अगाडि बढ्छ, त्यति बजार मजबुद हुँदै जाने उनको बुझाइ छ ।

आफूलाई हाइड्रो कम्पनीका बिरोधी भनेर लगाईयको ट्याग गलत रहेको बताउछन् उनी । कुनै बेला मैले आम लगानीकर्ताहरुलाई खुला रुपमा यो समय जलबिद्युत कम्पनीमा लगानी गर्ने बेला हो भनेर आह्वान गरेको थिएँ । तर अब कुनै पनि कम्पनीलाई कतिसम्म मूल्य हाल्ने भन्ने त एउटा सिमा होला नि । कि जलबिद्युत क्षेत्रले देशको बिकास गर्छ भन्दैमा जति पनि मूल्य हालेर दोस्रो बजारबाट जलबिद्युत कम्पनीका सेयर किन्नु सहि हो रु उनले प्रश्न गरे ।     

नेपालको सेयर बजारमा लगानीकर्ताहरु आत्तिने र मात्तिने प्रचलन बढेको भन्दै उनले यसलाई सुधार गर्न आवश्यक देखिएको बताए ।  सेयरमा लगानी गर्नेहरुले जान्नु पर्ने बुझ्नुपर्ने मुलमन्त्र बजार बढेपछि घट्छ र बजार घटेपछि बढ्छ भन्ने कुरा बुझेर संयमित भएर बस्नु पर्ने उनी बताउँछन्  । 

नेपालको सेयर बजारमा नियामक निकायका प्रमुखहरु हुँदा र नहुँदामा कुनै पनि भिन्नता नदेखिएको उनको अनुभव छ । उनले भने, हिजो नियामक निकायका प्रमुखहरु हुँदासमेत बजारमा यहि प्रबृति थियो । बजार यसरी नै चलिरहेको थियो । आज ती निकायहरु नेतृत्वविहिन हुँदासमेत अवस्था तेही छ । हरेक दिन इन्साइडर ट्रेडिङ भएकै छ । हरेक दिन कर्नरिङ भएकै छ । यसलाई नियन्त्रण गर्न कुनै पनि निकायहरु सक्षम देखिएनन् । बरु उल्टै आफैँ यस्ता अनियमितताहरुको मतियार बनेको इतिहास हामीले नियामक निकायहरुमा देखिसक्यैं ।

नेपालको सेयर बजारमा लगानी गर्नेहरुको लगानी सधैँ जोखिममै रहेको भन्दै उनले जबसम्म नियामक निकायहरुमा सक्षम र सबल नेतृत्व चयन नभएर राजनीतिक भागभण्डाका आधारमा नियुक्त गरिन्छ यो अवस्था परिवर्तन नहुने उनको तर्क छ । यहाँ बाहिरबाट हेर्दा पार्टीको भागभण्डामा नियुक्त गरेको जस्तो देखिन्छ तर वास्तविक रुपमा त त्यहाँभित्रको नियुक्तिमा हुने रकमको लेनदेन हो । जुन पार्टीको भागमा त्यो पद पर्छ त्यही पार्टीले नियुक्त हुने व्यक्तिबाट रकम असुल्छ । त्यो भागभण्डा त केबल कुन पदबाट कुन पार्टीले पैसा असुल्ने भन्नका लागि मात्र हो, उने भने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको