Like us!
Follow us!
Connect us!
Watch us!

अझै २-३ वर्ष सेयर बजारमा बुल रहन्छ : विश्लेषक, नवराज बुर्लाकोटी

अर्थ संसार टक

आइतबार, ०५ मंसिर २०७८, १४ : ३१ मा प्रकाशित

 नेपाली सेयर बजारमा अझै २ देखि ३ वर्षसम्म बुल चरण नै रहने चार्टड अकाउन्टेन्ट तथा सेयर विश्लेषक नवराज बुर्लाकोटीले बताएका छन् ।

अर्थ संसार डटकमको साप्ताहिक कार्यक्रम अर्थ संसार टकमा कुराकानी गर्दै आउँदै गरेको चुनाव, तरलतामा हुने सहजता जस्ता अहिले बजारको सबै अवस्थाहरू हेर्दा अझै २ ३ वर्ष सेयर बजार बुल चरणमै जाने जस्तो आफूलाई लागेको उनले बताए । बुल र बियरको संघर्षमा बुलको जित हुने उनी बताउँछन् ।

बजारमा प्रवेश गर्न सँधै उपयुक्त हुने बताउँदै उनले अहिले बैंकिङ्ग क्षेत्रमा लगानी गर्ने सही समय रहेको बताएका छन् । वाणिज्य बैंकहरूको अहिलेको सेयरमूल्यमा लगानी गर्दा आफूसँग भएको रकमको एकदमै सही सदुपयोग हुने उनले बताए । लगानीकर्ताहरूले प्रतिफल कुर्न भने धैर्यता कायम गर्नुपर्ने उनले बताएका छन् ।

प्राय जसो हरेक कुरामा मौद्रिक लाभ तथा आम्दानी हेरिने बताउँदै उनले सेयर बजारमा पनि आम्दानी देखेर पछिल्लो समय लगानीकर्ताहरू यसप्रति आर्कषित भएका बताए । अहिले नेपालमा मानिसहरू मुख्यतय २ वटा कुरामा आकर्षित भएका उनी बताउँछन् । जसमध्ये, एउटा सेयर बजार र अर्को जग्गा जमीनको किनबेच । काम गर्ने हिसाबमा सजिलो पनि रहेको र आम्दानी पनि हुने भएकाले सबैको आकर्षण बढेको उनको तर्क छ । थोरै लगानीमा सुरूवात गर्न सकिने र आर्थिक क्षेत्रलाई बुझ्न पनि सहज हुने भएकाले अन्य व्यवसाय भन्दा यो क्षेत्र अलि सजिलो रहेको उनले बताए । 

हरेक देशको अर्थतन्त्रको इन्डिकेटर भनेको सेयर बजार रहेको उनको बुझाइ छ । जति पनि कम्पनीहरू थपिँदै जाँदा र आर्थिक वृद्धि हुँदै जाँदा सेयरको संख्याहरू पनि थपिँदै जाने र सेयरमा व्यापार पनि बढ्दै जाने उनी बताउँछन् । नेपाली सेयर बजारमा अझै पनि धेरै आकर्षण भएको जस्तो उनलाई लाग्दैन । नेपालको सेयर बजारमा लगानीकर्ताको आर्कषण बढ्न अझै धेरै ठाउँ बाँकी रहेको उनले बताए ।

कुनैपनि क्षेत्रमा प्रवेश गर्नु अगाडि शिप र ज्ञानको आवश्यकता हुने बताउँदै उनले सेयर बजारमा प्रवेश गर्नु अगाडि पनि आवश्यक ज्ञान चाहिने बताएका छन् । दीर्घकालिन रूपमा सेयर बजारमा लगानी गर्न लगानीकर्ताहरूले प्रमुख वित्तीय सूचकहरू जस्तै पीई रेशियो, प्रतिसेयर आम्दानी (ईपीएस) कुराहरू के हो थाहा पाउनु पर्ने उनी बताउँछन् । आईपीओ भर्ने लगानीकर्ताहरूले कम्पनीको विवरणपत्र पढ्न र जन मनोविज्ञान बुझ्न जान्नुपर्ने उनले बताए । दोश्रो बजारमा प्रवेश गर्दा भने आफूले कुन व्यवसायको सेयर किन्दैछु र त्यो व्यवसायको स्कोप कति छ बुझ्नु जरूरी रहेको उनको तर्क छ । कम्पनीको व्यवस्थापन, आम्दानी क्षमता र कम्पनीको वित्तीय सूचकहरूको बारेमा पनि लगानीकर्ताहरूले ज्ञान राख्नुपर्ने उनको सुझाव छ । 

कुराकानी कै क्रममा सेयर बजार सँधै बढ्ने र सधैँ घट्ने नहुने उनले बताए । कुनै पनि क्षेत्रमा तलमाथि हुनु स्वभाविक रहेको उनको बुझाइ छ । तातो खाउँ जली मरौँ भन्ने उखानको उदाहरण दिँदै उनले लगानीकर्ताहरूमा पनि छिट्टै नाफा कमाउनु पर्ने मनोविज्ञान हुने बताए । यसरी छिट्टै नाफा खान खोज्दा र लगानीकर्ताहरूमा धैर्यता नहुँदा बजारमा करेक्सन आउँदा लगानीकर्ताहरू आत्तिने उनी बताउँछन् । दिर्घकालिन रूपमा लगानी गर्ने लगानीकर्ताहरूले भने घटेको बजारलाई सँधै राम्रा राम्रा कम्पनी छनोट गरेर सेयर किन्ने अवसरको रूपमा लिने उनले बताएका छन् । 

सेयर बजारमा नै पुरै समय व्यतित गर्छु भन्ने मनस्थिती बनाउन नहुने उनी बताउँछन् । उनले सेयर बजारसँगसँगै अर्को कुनै काम पनि गर्दै जानुपर्ने बताएका छन् । सेयर बजारलाई तरलता व्यवस्थापन, पुँजी बचत तथा आफ्नो व्यवसायलाई विविधता दिने रूपमा लिँदा उत्तम हुने उनको सुझाव छ । यसो गर्नलाई नकारात्मक समाचारहरू आएर तल पुगेका बलिया कम्पनीहरू किन्न र जब एकदमै राम्रा समाचार आएर कम्पनी पिक लेभलमा पुग्दा सेयर बेच्नुपर्ने उनको धारणा छ । 

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरूले हतार कहिल्यै गर्न नहुने लगानीकर्ताहरूलाई उनको सुझाव छ । सेयर किन्दा र बेच्दा दुवै समयमा सेयर बजारको परिस्थितीले फरक पार्ने बताउँदै उनले लगानीकर्ताहरूलाई लगानी गर्दा हतार नगर्न सुझाव दिएका हुन् । थोरै मार्जिन मै नाफा बुक गर्ने लगानीकर्ताकहरूको मनस्थितीले गर्दा पनि सेयर बजारलाई धेरै प्रभाव पार्ने उनी बताउँछन् ।

चार्टड अकाउन्टेन्ट तथा सेयर विश्लेषक नवराज बुर्लाकोटीसँग अर्थ संसार टकका लागि अर्थ संसार डटकमका प्रधान सम्पादक लीलानाथ घिमिरेले गरेकाे भिडियाे कुराकानी यहाँ प्रस्तुत गरेका छाैँ :


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको