शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे (मंसिर ७ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे तेह्राैँ वार्षिक साधारण सभा मंसिर २९ गते, बुधबार, महाराजा रिसाेर्ट, बुटवल, रूपन्देहीमा बिहान ११ बजेबाट सुरू हुनेछ ।
सभामा बैंकको कार्तिक १४ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १६ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस