नेपाल राष्ट्र बैंकले सिडी रेसियोमा लचकता अपनाएकाे छ । राष्ट्र बैंकले आज (मंसिर १० गते, शुक्रबार) चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत् बैंकले सिडी रेसियोमा लचकता अपनाएकाे हाे । सीडी रेसियो ९०% लाई यथावत गरिएको छ ।
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा-निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ । यसाे गर्दा बैंकहरुले अगाडि नै योजना बनाउने र सोही अनुसार कर्जा प्रवाह र निक्षेप संकलन गर्नुपर्ने भएकाले अहिले जस्तो तरलता अभाव र सीडी रेसियो अधिक टाइट हुने अवस्था नआउने राष्ट्र बैंकले जनाएकाे छ ।
सिडी रेसियोमा लचकता अपनाएपनि मौद्रिक नीतिको समिक्षाले ४/१२ को नीतिमा भने कुनै हेरफेर गरेकाे छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस