Like us!
Follow us!
Connect us!
Watch us!

भीम रावल समूहले पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दिने

अर्थ संसार

सोमबार, १३ मंसिर २०७८, ०८ : ५० मा प्रकाशित

भीम रावल समूहले पदाधिकारीसहित सबै पदमा उम्मेदवारी दिने

नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन बन्दसत्र स्थलमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय साढे ९ बजेसम्म तोकेको छ । 

अध्यक्षमा दाबेदारी गरेका भीम रावलले मनोनयन दर्ता गरिरहेका छन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज विहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । 

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म बन्दसत्रमा नामावली प्रस्तुत गरी अनुमोदन गराएका बेला रावल अध्यक्षमा भीड्न लागेका हुन् । 

रावलनिकट नेताहरुका अनुसार रावलसहित सबै पदमा यो समूहबाट उम्मेदवारी पर्नेछ । उम्मेदवारीका लागि आकांक्षीहरु बन्दसत्र स्थलमा रहेको केन्द्रीय निर्वाचन आयोगमा पुगिरहेका छन् ।

61a443d6db9ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको