Like us!
Follow us!
Connect us!
Watch us!

किन घटिरहेको छ बजार ? नेप्सेको करेक्सनमा कोही चकित, कोही भन्छन् 'साइडवेजमा'

अर्थ संसार

विहीबार, १६ मंसिर २०७८, १६ : ५२ मा प्रकाशित

किन घटिरहेको छ बजार ? नेप्सेको करेक्सनमा कोही चकित, कोही भन्छन् 'साइडवेजमा'

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि यो साता सुखद रहेन । यो एक सातामा नेप्से परिसूचकमा १४७.१७ अंकको गिरावट आएको छ । अधिकांश लगानीकर्ताहरुको अपेक्षा विपरित राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा जारी गरेकाले बजारमा करेक्सन आएको कतिपयको तर्क छ । 

यो सातामा नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । हिजो बुधबार त नेप्सेमा ३ अर्ब भन्दा पनि कम रकमको सेयर कारोबार भएको थियो । पछिल्लो समय बजार धेरै घटिसकेको र ४-१२ को कुरा पनि धेरै परानो भइसकेकाले अब बजार सकारात्मक हुने धेरै लगानीकर्ताहरुको अपेक्षा विपरित बजारमा यो साता १४७ अंकको करेक्सन आएको हो । 

यसरी किन बजार निरन्तर घटीरहेको छ अबको बजार के होला भनेर हामीले बजारमा लामो समयदेखि लगानी गर्दै आएका अनुभवी लगानीकर्ता एवंम सेयर विश्लेषकहरुसँग कुराकानी गरेका छौँ :  

छोटेलाल रौनियार, सेयर विश्लेषक

अहिले कुनै पनि दृष्टिकोणबाट बजार घट्नुपर्ने कारण नहुदा पनि निरन्तर बजार घटेको देख्दा आँफै नै अच्चमित बनेको बताउँछन् सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार । "अहिले कतिपय लगानीकर्ताहरु आत्तिएर सेयर बेचेको कारण बजारमा केही करेक्सन आए जस्तो देखिन्छ," उनले भने । तर अहिले बजार जति घटेको अवस्था छ अब यो भन्दा धेरै घट्ने ठाँउ आफुले नदेखेको बताउँछन् रौनियार । 

“बजारमा जति नकारात्मक समाचारहरु आउनु थियो ती सबै आई नै सके अब तत्काल कुनै नकारात्मक समाचार आउन बाँकी छ जस्तो मलाई लाग्दैन यो केही महिनाको बीचमा करिब ६०० भन्दा बढी अंकले बजार घटिपनि सक्यो अधिकांश कम्पनीहरुले राम्रो लाभांश पनि घोषणा गरिरहेकै अवस्थामा पनि किन बजार घटिरहेको छ म आफैँ अच्चमित छु” रौनियारले भने । 

“अहिले विभिन्न नियामक निकायहरुले पनि पुँजीबजार सुधारका कार्यक्रमहरु पाइपलाईनमा राखेका छन् पहिलो त्रैमासको विवरण हेर्दा पनि सबै कम्पनीको राम्रै देखिन्छ । अहिले त कति कम्पनीहरुको पिई रेशियाे १५ भन्दा पनि तल छ यो बीचमा कतिपय कम्पनीहरुको सेयर मूल्य ४० प्रतिशत भन्दा पनि बढिले घटिसकेको छ अब यो अवस्थामा आँफुसँग पूँजी भएका साथीहरुले फन्डामेन्टल रुपमा बलिया कम्पनीहरु छानेर किन्ने बेला हो जस्तो लाग्छ मलाई” रौनियारले भने ।

केशव कोईराला (काका), सेयर विश्लेषक

आज लगानीकर्ताहरु अलि बढी प्यानिक बन्दा बजारमा सोचेको भन्दा पनि बढि करेक्सन आएको बताउँछन् सेयर विश्लेषक केशब कोइराला । मैले धेरै पटक भनिसकेको छु कि अहिले बजार साइडवेजमा छ । अहिले तत्काल नै बजारमा ठुलै अंकको वृद्धि र ठुलै अंकको गिरावट हुने अवस्था देखिँदैन यद्यपि आज साथीहरु अलि बढी प्यानिक बन्दा सोचे भन्दा बढी नै अंकले घट्यो तर अहिलको अवस्थामा बजारमा १००-१५० अंकभन्दा माथिको उतारचढाव हुने अवस्था म देख्दिँन उनले भने । 

अहिले बजारमा हल्ला चलाएजस्तो ४-१२ का कारण बजारमा कुनै प्रभाव नपरेको र अहिलेको प्रमुख समस्या भनेको नै तरलता भएको उनको तर्क छ । अहिलेको अवस्थामा यदि मौद्रिक नीतिको समिक्षाले ४-१२ को सिमा खारेज नै गरिदिएको भएपनि बैंकहरुसँग कर्जा दिने पैसा थिएन त्यसैले अहिलेको बजारको सबैभन्दा ठुला समस्या सेयर कर्जाको सिमा नभई बजारमा देखिएको तरलताको समस्या हो यसको समाधान नहुँदासम्म मैले बजारमा ठुलो मुभ आउने ठाँउ देख्दिँन कोइरालाले भने । 

अहिलेको अवस्थामा आएको करेक्सन आवश्यक पनि रहेको उनको तर्क छ । उनले भने “अहिलेको अवस्थामा यो करेक्सन जरुरी पनि थियो बजारमा अवान्छित गतिविधीहरु बढेका थिए कर्नरीङ गरेका कमजोर कम्पनीहरु मात्र चल्ने अवस्था बजारमा थियो अब आज आएर त धेरै लगानीकर्ताहरुलाई अनुभव भयो होला, हाम्रो बजार लाभांश बेसमा भन्दा पनि कर्नरीङ बेसमा चलेको थियो जसका कारण कर्नरीङ माष्टरहरुले त्यस्ता कम्पनीहरुबाट हात निकाल्दा बजार घट्यो अब तरलताको समस्या समाधान नहुँदासम्म बजार साइडवेजमा नै जाने हो बजार अब धेरै घट्ने ठाँउ पनि छैन र बढ्ने पनि छैन ।”

गोपाल स्वामी, लगानीकर्ता

आजको बजारको गिरावट केही अस्वभाविक लागेको बताउँछन् अनुभवी लगानीकर्ता गोपाल स्वामी । अहिले बजारमा देखिएको तरलता र मौद्रिक नीतिको समिक्षाका कारण लगानीकर्ताहरुको मनोविज्ञानमा पारेको प्रभावका कारण बजारमा करेक्सन आएको उनको तर्क छ । 

मौद्रिक नीतिको पहिलो समिक्षाले सेयर कर्जामा लागेको सिमामा केही परिवर्तन गर्छ भन्ने आम लगानीकर्ताहरुको अपेक्षा थियो तर त्यसको बिपरित समिक्षा आँउदा लगानीकर्ताहरु केही प्यानिक भएको देखिन्छ । त्यस्तै ग्लोबल आईएमई समुन्नत कोष १ ले घोषणा गरेको १०० प्रतिशत लाभांश वितरणका लागि पनि कम्पनीले जति मूल्य पायो त्यतिमा सेयर बेच्दा केही करेक्सन देखिएको थियो तर हिजो केही बजार सकारात्मक हुन खोजेको भएता पनि आज पुनः करेक्सन देखियो अब बजारमा नकारात्मक कुराहरु केही नभएकाले बजारमा केही समयमा सकरात्मकता फर्कने देखिन्छ स्वामीले भने । 

“अहिले सरकारले पनि ५ प्रतिशत भन्दा बढी खर्च गर्न सकेको छैन यस्तो अवस्थामा बजारमा केही तरलता संकट देखिएको छ । अबको ८-१० दिन बजार केही साइडवेजमा जान सक्ला तर बजार बुलिस ट्रेन्डमा नै छ अबको केहि समयमा बजार फर्कने कुरामा म विश्वस्त छु” उनले भने । 

कमल पन्थी, लगानीकर्ता 

नेप्सेमा अहिले देखिएको करेक्सनको प्रमुख कारण नै बजारमा देखिएको तरलता रहेको बताउँछन् युवा लगानीकर्ता कमल पन्थी । "मंसिर सकिन लाग्दा समेत सरकारले विकास खर्च गर्न सकेको छैन । सरकारको ढुकुटीमा ३ खर्ब भन्दा बढी रकम थन्किएर बसेको छ । राष्ट्र बैंकले जारी गरेका रिपोहरु कनिका छरे जत्तिकै भएको छ यस्तो अवस्थामा बजारमा देखिएको तरलता संकटकै कारण बजारमा गिरावट आएको देखिन्छ", पन्थीले भने । 

“अहिलेको बजारलाई आम लगानीकर्ताहरुले साइडवेजका रुपमा बुझ्दा हुन्छ अरुले हल्ला गरेजस्तो बजार अहिले नै बियरिस ट्रेन्डमा गएको कदापी पनि होइन बजारमा अहिले नै कुनै ठुलै मुभ आउने अवस्था म देख्दिँन अहिले बजार धेरै अंकले बढ्ने वा धेरै अंकले घट्ने अवस्था छैन नेप्से परिसूचक घटेपनि कम्पनीले दिने लाभांश घटेको छैन त्यसैले लगानीकर्ताहरुले अहिलेको अवस्थामा फन्डामेन्टल्ली बलिया कम्पनीहरु छानेर किन्ने बेला हो” उनले भने । 

“माघ फाल्गुनसम्म देश चुनावमय हुने देखिन्छ यदी देशमा चुनावको माहोल र्सिजना भयो भने अहिलेको तरलता संकटलाई धेरै हदसम्म समाधान गर्छ र अब बिस्तारै सरकारले विकास खर्च पनि बढाउला अनि सबै माहोल सकारात्मक बन्दै जान्छ । आम लगानीकर्ताहरुले बुझ्नु पर्ने कुरा चाँही के हाे भने बजारको बुल अझै सकिएको छैन अध्ययन गरेर बुझेर लगानी गरौँ नेपालको पूँजीबजारको भविष्य उज्जवल छ” उनले भने ।  

स्वतन्त्र पूँजीबजार सुधार संघ किन फुट्यो? फुट वैचारिक कि व्यक्तिगत? Rohan Karkiसँग Exclusiveकुराकानी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको