Like us!
Follow us!
Connect us!
Watch us!

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

अर्थ संसार

शनिबार, १८ मंसिर २०७८, १६ : १३ मा प्रकाशित

माथिल्लो छ्याङ्दीको ४ मेगावाट विद्युत राष्ट्रिय प्रसारण जोडियो

दोर्दीखोलामा निर्माण भएको ४ मेगावाटको माथिल्लो छ्याङ्दी जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणमा जोडिएको छ । आयोजनाबाट परीक्षण उत्पादन सुरु भएको प्रवर्द्धक छ्याङ्दी हाइड्रोपावर कम्पनीले जनाएको छ । आयोजनाले उत्पादन गरेको विद्युत उदिपुर सबस्टेसनमा जोडिएको हाे । 

कम्पनीका अनुसार आयोजनाले दुई सातासम्म परीक्षण उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई नि:शुल्क विद्युत दिनेछ । परीक्षण पूरा भएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिनेछ । आयोजनाले चैत २०७७ मै उत्पादन सुरु गर्ने भने पनि कोरोना (कोभिड–१९) महामारीका कारण निर्माण प्रभावित हुँदा सात महिना ढिलो गरी विद्युत प्रसारण प्रणालीमा जोडिएको हो ।

विद्युत  प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पीपीए) अनुसार आयोजनाबाट भदाै‌ २०७८ देखि  विद्युत उत्पादन गर्नु पर्ने थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको