Like us!
Follow us!
Connect us!
Watch us!

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १६ : ५० मा प्रकाशित

खल्तीले फेरि ल्यायो आइफोन जित्ने मौका

नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएकाे छ । “खल्ती मा आइफोन १३” अफर र साथै १ लाख खल्ती पोइन्ट्स मात्र रू. ५० मा नामक याेजना ल्याएकाे हाे । यो क्याम्पेन ५ डिसेम्बरदेखि सुरु हुँदै १४ जनवरीसम्म लागु हुनेछ।

प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर “खल्ती मा आइफोन”बाट मात्र रू. ५० को रिचार्ज गर्नुपर्नेछ । त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सकिनेछ । अन्तिममा एक जना भाग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्न  सक्नेछन् । साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउनेछन् । खल्ती केवाईसी भेरिफाइड छ भने मात्र यस क्याम्पेनमा भाग लिन योग्य हुइनेछ ।

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “गत वर्ष हाम्रो आइफोन १२ क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपालको लागि प्रोत्साहित गर्नु हो।”

“खल्ती मा आइफोन १३ ” को विजेता घोसणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिनेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको