Like us!
Follow us!
Connect us!
Watch us!

एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १७ : २५ मा प्रकाशित

एमालेमा बसेका दश भाइको हरिबिजोग भयो : माधव नेपाल

नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग १० बुँदे सहमति गरेर एमालेमै बसेका दश भाइको हरिबिजोग भएको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले टिप्पणी गरेका छन् । सुनसरीको इटहरीमा प्रदेश १ काे प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले ओलीको निरङ्कुश शैलीको बारेमा जानकार हुँदाहुँदै पनि एमालेमै रहेका उनीहरू अहिले घरको न घाटको भएको आरोप लगाए ।

पार्टी नयाँ निर्माण गर्ने अन्तिम समयमा आफलाई धोका दिएका भीम रावल, घनश्याम भुषाल, अष्टलक्ष्मी शाक्य लगायतका दश जना नेताहरू आउँदा दिनमा अझै पीडित हुनुपर्ने उनले ठाेकुवा गरे । 

मार्क्सवादको मूल्यमान्यता र जनताको बहुदलीय जनवादलाई नारायणी नदिमा तिलाञ्जली दिएको आरोप लगाउँदै उनले भने ‘कम्युनिष्ट पार्टीको झण्डा गैँडालाई सुम्पिदिए, अब बाँदरलाई पनि सुम्पिदिए हुन्छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको