Like us!
Follow us!
Connect us!
Watch us!

शशांकले भने- रामचन्द्र पौडेलका लागि दाबी छोड्न तयार छु

अर्थ संसार

मंगलबार, २१ मंसिर २०७८, १९ : ०२ मा प्रकाशित

कांग्रेस सभापतिका आकांक्षी डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका दाबी छोड्न तयार रहेको बताएका छन् । उनले एक पटकका लागि रामचन्द्र पौडेलका लागि आफू दाबी छोड्न तयार रहेको बताएका छन् ।

प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले रामचन्द्र पौडेलले आफूलाई आग्रह गरेपछि छोड्न तयार भएको बताएका छन् ।

रामचन्द्र पौडेलले एकपटकका लागि आफूलाई छोडिदिन भनेकाले आफू छोड्न तयार भएको उनले बताएका छन् । उनले अरुका नाममा सहमति भयो भने पनि उनीहरू पनि छोड्न तयार हुनुपर्ने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको