Like us!
Follow us!
Connect us!
Watch us!

दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो

अर्थ संसार

बुधबार, २२ मंसिर २०७८, ०८ : २३ मा प्रकाशित

दूरसञ्चार कम्पनीमा प्रबन्ध निर्देशकका लागि विज्ञापन खुल्यो

सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गरी विज्ञापन आह्वान गरेको हो ।

३५ वर्ष पूरा भई ५६ वर्ष ननाघेका तथा मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थशास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङमध्ये कुनै विषयमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

प्रबन्ध निर्देशकका लागि नेपाल दूरसञ्चार कम्पनी वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था वा निकायको व्यवस्थापकीय पदमा तीन वर्षदेखि १२ वर्षको कार्यअनुभव भएको हुनुपर्ने छ । ७ पुसभित्र आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको