Like us!
Follow us!
Connect us!
Watch us!

‘सेयर बजारको विकास र स्थायित्वको लागि माओवादी पार्टी संधै प्रतिबद्ध छ ’

अर्थ संसार

शनिबार, २५ मंसिर २०७८, १८ : ५४ मा प्रकाशित

‘सेयर बजारको विकास र स्थायित्वको लागि माओवादी पार्टी संधै प्रतिबद्ध छ ’

पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी पुँजीबजारप्रति अत्यन्त सकारात्मक रहेको बताएका छन ।  अर्थसंसार सँग कुरा गर्दै श्रेष्ठले देशको आर्थिक विकास पार्टीको लक्ष्य भएको र सोका लागि आवश्यक पुँजी जुटाउने माध्यमको रुपमा रहेको पुँजी बजारप्रति ने क पा माओवादी केन्द्र कहिले पनि नकारात्मक हुन नसक्ने बताएका हुन्।  

विशेषगरि अर्थमन्त्रालय नेकपा माओवादीको भागमा परेको बेलामा सरकारले उल्लेख्य रुपमा पुँजीगत खर्च गर्न नसक्दा वित्तिय प्रणालीमा तरलता संकट बढ्दै गएको र नेकपा माओवादी पार्टी र अर्थमन्त्री सेयर बजारप्रति नकारात्मक रहेको हुँदा सेयर बजार पनि घटिरहेको भन्ने बुझाइ आम लगानीकर्तामा रहेको छ नि भन्ने हाम्रो प्रश्नको जवाफ दिंदै उनले भने, ‘यस बारेमा अर्थमन्त्री कमरेडले केहि सोच्नुभएको होला। खास समस्या के रहेछ म बुझौला।  यदि केहि समस्या छ र त्यसमा अर्थमन्त्री वा पार्टीको तर्फबाट केहि पहल गर्नुपर्ने छ भने हामी तत्काल पहल गर्छौ। ’

अर्थमन्त्री र अर्थ मन्त्रालय पुँजी बजारप्रति नकारात्मक रहेको ठहर गर्दै सेयर बजारका लगानीकर्ताहरुले माओवादी पार्टीलाइ आउँदो चुनावमा नो भोट को अभियान समेत चलाइसके नि भन्ने प्रश्नको जवाफ दिंदै उनले आफु त्यस्तो किसिमको आन्दोलनका बारेमा अनभिज्ञ रहेको र यदि कुनै नीतिगत कुराले नै सेयर बजार प्रभावित भएको हो भने पार्टीमा छलफल गर्ने बताए।  ‘सेयर बजार घटबढ हुनु सामान्य कुरा हो।  तर यदि अर्थमन्त्री वा अर्थमन्त्रालयकै नीतिको कारण ठूलै असर परेको हो भने त्यसबारेमा छलफल गर्नेछौ।  मलाई त यो सबै कुराको बारेमा जानकारी पनि थिएन, तपाइहरुले जानकारी गराइदिनुभयो। हाम्रो पार्टी सेयर बजारप्रति नकारात्मक छ भन्ने कुरा बजारमा फैलिएको छ भने त्यो बिलकुल गलत कुरा हो।  सेयर बजारको विकास र स्थायित्वको लागि माओवादी पार्टी संधै प्रतिबद्ध छ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको