Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी

अर्थ संसार

शनिबार, २५ मंसिर २०७८, २१ : १७ मा प्रकाशित

कांग्रेस महाधिवेशन : उम्मेदवारी मनोनयनबाट ५८ लाख ९५ हजार आम्दानी

नेपाली कांग्रेसको निर्वाचन समितिले जारी १४औँ महाधिवेशनमा उम्मेदवारी मनोनयनबाट मात्र ५८ लाख ९५ हजार रुपैयाँ आम्दानी गरेको छ । 

१३४ केन्द्रीय कार्यसमितिका लागि भएको मनोनयन दर्ताबाट निर्वाचन समितिले यो शुल्क उठाएको हो । समितिले सभापतिका लागि ३० हजार, उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार मनोनयन दर्ता शुल्क तोकेको थियो । 

निर्वाचन समितिले सभापतिका ६ जना उम्मेदवारबाट मात्र एक लाख ८० हजार शुल्क उठाएको छ । 

त्यसैगरी, उपसभापतिका सात जना प्रत्यासीबाट एक लाख ७५ हजार र ६ जना महामन्त्रीका उम्मेदवारबाट एक लाख ५० हजार शुल्क उठाएको छ । 

२० सहमहामन्त्रीको उम्मेदवारी दर्ताबाट तीन लाख उठाएको समितिले सदस्यबाट मात्र ५० लाख ९० हजार रुपैयाँ उठाएको छ ।  केन्द्रीय सदस्यका लागि ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको