Like us!
Follow us!
Connect us!
Watch us!

न्यादी हाइड्रोपावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार

आइतबार, २६ मंसिर २०७८, १३ : २४ मा प्रकाशित

न्यादी हाइड्रोपावरले डाक्याे साधारण सभा, के-के छन् एजेन्डा ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । कम्पनीकाे मंसिर २२ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैधाैँ वार्षिक साधारण सभा पाैष २८ गते कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वित्तिय विवरणहरु उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षण समितिको सिफारिस अनुसार आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, निमावलीको नियम ८(२) र ८(३) संशोधन गर्ने प्रस्तावहरू सभामा पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा प्रयाेजनका लागि पाैष ११ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष १० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

कम्पनीले हालै मात्र अर्थात् असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गरेको थियाे । जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b5a941ee0c4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको