Like us!
Follow us!
Connect us!
Watch us!

बटम लगाउने चरणमा बजार : २२५५ कै विन्दू यो र्यालीको बटम हुनसक्ने सम्भावना कति छ ?

अर्थ संसार

सोमबार, २७ मंसिर २०७८, १७ : १४ मा प्रकाशित

बटम लगाउने चरणमा बजार : २२५५ कै विन्दू यो र्यालीको बटम हुनसक्ने सम्भावना कति छ ?

सेयर बजार निरन्तर घट्ने क्रम जारी छ। आज सोमबारको दिन करिब ७९ अंकले घटेर बजार २२८१ को विन्दुमा आइपुगेको छ। आज बजार घट्ने क्रममा २२५५ को बिन्दुसम्म आइपुग्यो र त्यहाँबाट फर्कियो।

निरन्तर घटिरहेको बजारमा माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारको बारेमा दिएको अभिव्यक्तिले बजार घटाउन थप मद्दत पुगेको छ। जनस्तरबाट चर्को आलोचना भएपछि आफु साना लगानीकर्ताको हित र संरक्षणको पक्षमा रहेको कुरा बताए पनि लगानीकर्ताको मनोबल यथेष्ट मात्रामा बढ्न सकेको छैन । साथै उनका स्वकीय सचिव रमेश मल्लले आजै अर्थसंसार संग कुरा गर्दै 'म स्वयम् सेयर कारोबार गर्छु अनि हामी सेयर बजारप्रति नकारात्मक भनेर हल्ला फैलिदैमा पत्याउनुहुन्छ ?' भन्दै उल्टै प्रतिप्रश्न गरे। आजै अर्थमन्त्री जनार्दन शर्माले एउटा कार्यक्रममा बोल्दै आफु सँधै सेयर बजारको सुधारको पक्षमा रहेको बताएका छन्।

यसरी सबैतिरबाट सेयर बजारप्रति सकारात्मक कुराहरु आइरहँदा प्राविधिक रुपमा चाहीँ बजार कस्तो देखिएको छ त भन्ने विषयमा यो आलेखमा चर्चा गर्नेछौँ ।

साप्ताहिक रुपमा हेर्दा:

३२२० भन्दा माथी पुगेको बजार घट्दै आएर करिब ३०% ले घटिसकेको छ। करिब ४ महिनाको अवधिमा ३०% ले घट्नु भनेको एकदम धेरै घट्नु हो। तल चार्ट्मा देखिए जस्तै साप्ताहिक रुपमा हेर्दा सपोर्ट ट्रेन्डलाइनको नजिकबाट बजार माथितिर फर्केको छ। करिब करिब २२४० को विन्दुमा ट्रेन्डलाइनको सपोर्ट विन्दु छ। फ़िबोनासि रिट्रेश्मेण्टको आधारमा हेर्दा पनि २२३४ को विन्दु भनेको एकदमै महत्वपुर्ण सपोर्टको विन्दु हो।

आरएसआइको आधारमा हेर्दा आरएसआइ अहिले करिब ३३ को लाइनमा छ। बजार एकदमै क्रिटिकल अवस्थामा पुग्दा मात्रै साप्ताहिक आरएसआइ ३० को हाराहारीमा आएको देखिन्छ। यसले बजार निकै तल आइसकेको र बाउन्स व्याक हुनसक्ने सम्भावना देखाउँछ।

दैनिक चार्ट प्याटर्नबाट हेर्दा:

दैनिक चार्ट प्याटर्नबाट हेर्दा आरएसआइ १९ को लेभलमा आइपुगेको छ। आरएसआइ ३० भन्दा तल जानु भनेको ओभरसोल्ड जोन हो। लगानीकर्ताले अहिलेको बिन्दुबाट किन्दै गर्दा फाइदा हुने बिन्दुमा आरएसआइ आइपुगिसकेको छ। करिब २२२० को विन्दुमा सपोर्ट ट्रेन्डलाइनको निकै नै बलियो सपोर्ट छ। बजार भोलिका दिनहरुमा घट्दै गयो भने पनि २२०० भन्दा तल नझर्ने एकदमै बलियो सम्भावना देखिन्छ।

हरेक दृष्टिकोणबाट हेर्दा बजार अहिले एकदम ओभरसोल्ड एरियामा छ। लगानीकर्ताहरुले यस्तो बेलामा बजार आइपुग्दै गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमतालाइ मध्यनजर गर्दै सेयर किन्दै जानु फाइदाजनक हुन सक्ने विन्दुमा बजार आइपुगेको छ।

No description available.

No description available.

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको