Like us!
Follow us!
Connect us!
Watch us!

सबै विश्लेषकहरुको एउटै स्वर: नेप्सेमा बटम लाग्दैछ, भी आकारको रिकोभरी हुनेछ

बसन्त पाण्डे

सोमबार, ०५ पुस २०७८, ०६ : ५७ मा प्रकाशित

करिब ४ महिना अघि ३२२५ को हाराहारीमा पुगेको नेप्से घटेर २२५५ सम्म झर्यो। छोटो समयमै ३० प्रतिशतको हाराहारीमा घटेको बजार अब तिव्र रुपमा बढ्ने ठाउँमा आइपुगेको विश्लेषण बजारका चर्चित विश्लेषकहरुले गरेका छन ।  

अर्थसंसार डट कमसँग कुरा गर्दै चर्चित प्राविधिक विश्लेषक बिष्णु प्रसाद बस्यालले सेयर बजार छोटो समयमै ३०% को हाराहारीमा खसिसकेपछि 'भी' आकारको रिकोभरी हुने इतिहास रहेको भन्दै बजारले २२५५ को लेभलमै बटम लगाइसकेको जस्तो देखिएको र अब तिब्र रुपमा बढ्दै उतार चढाव हुँदै  २ बर्षको समयभित्र नेप्से ६००० भन्दा माथि पुग्ने बताएका हुन्।  बजार २४३० भन्दा तल नखस्नु पर्ने थियो तर बिचमा आएका नराम्रा हल्लाहरु प्रति नयाँ र कम अनुभवी लगानीकर्ताहरुले बढी नै रियाक्ट गर्दै प्यानिक सेलिङ्ग बढाउदा बजार अनुमान गरेभन्दा २०० अंक धेरै खसेको पनि  उनले बताए।  नेप्से ५००० भन्दा तल अण्डरभ्याल्युड हो भन्दै उनले यो लगानीको लागि उपयुक्त समय भएको पनि बताए।  

अर्का चर्चित प्राविधिक विश्लेषक अजय सिंह थापाले पनि प्राविधिक आधारमा हेर्दा बजार घट्ने क्रम रोकिएर अब बढ्ने अवस्थामा पुगेको बताएका छन।  अर्थसंसारको साप्ताहिक कार्यक्रम लगानी मन्त्रमा बजारको विश्लेषण गर्दै उनले प्राविधिक रुपमा हेर्दा अबको  डेढ दुइ बर्षसम्ममा बजार ५६०० को हाराहारीमा पुग्न सक्ने आधार रहेको बताए।  

त्यस्तै धेरैले मन पराएका र यथार्थपरक विश्लेषक भनेर चिनिने सन्दीप चौधरी बजार २२५० भन्दा तल नजानेमा ढुक्क छन।  बजार जति घट्नु घटिसक्यो अब बजार बढ्नुको विकल्प छैन। बजारमा विश्लेषण हुने जस्तो बढ्दै गर्दा एकैचोटी बजार ३५०० नपुग्ने तर उतार चढाव हुँदै बजारले अझै लामो यात्रा तय गर्ने उनको विश्लेषण छ। 

ठूला लगानीकर्ता तथा विश्लेषक छोटेलाल रौनियार पनि अब बजार बढ्नेमा विश्वस्त देखिएका छन। अर्थसंसार डट कमको साप्ताहिक कार्यक्रम लगानीकर्ताको आवाजमा आफ्नो बिचार राख्दै उनले राम्रा राम्रा कम्पनीहरु धेरै सस्तो भैसकेकाले यो लगानीको उपयुक्त समय भएको बताए। अहिलेको बजार गिरावट अस्वाभाविक रहेको बताउँदै बजारमा सेल लागेको र जसले मौका छोप्न जान्यो उसैले कमाउने भन्दै उनले  सुझबुझपूर्ण तरिकाले प्रस्तुत हुन आम लगानीकर्ताहरुलाई आह्वान पनि गरेका छन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको