Like us!
Follow us!
Connect us!
Watch us!

अरुण काबेलीले हकप्रद अनुमति पाँउछ, नपाए अदालतसम्म जान्छौँः गुरु प्रसाद न्यौपाने

अर्थ संसार टक

मंगलबार, ०६ पुस २०७८, १३ : १० मा प्रकाशित

अरुण काबेली जलबिद्युत आयोजनाका अध्यक्ष गुरु प्रसाद न्याैपानेले अरुण काबेली जलविद्युत आयोजनाले प्रस्ताव गरेको १०० प्रतिशत हकप्रद निष्कासनको अनुमति पाउने र यदी नियामकले यसलाई रोक्ने प्रयास गरे आफूहरु अदालतको ढोकासम्म पुग्ने बताएका छन् ।

अर्थसंसार डटकमको कार्यक्रम अर्थसंसार टकमा कुराकानी गर्दै अध्यक्ष न्यौपानेले भने “कम्पनी ऐनमा कँही कतै पनि कम्पनीले आफ्नो व्यवसाय वृद्धिका लागि हकप्रद जारी गर्न नपाउने व्यवस्था त गरेको छैन नी लगानीकर्ताहरुबाट हकप्रद मार्फत जम्मा गरेको पैसाले हामीले केही बैंकको कर्जा तिर्ने लक्ष्य लिएका छौँ यदी यसो भएका हाम्रो लाभांश क्षमता करिब ७ देखि ८ प्रतिशतले वृद्धि हुन्छ यसको प्रतिफल त आखिरमा लगानीकर्ताहरुले नै पाउने हो नी त्यसैले अहिले अरुण काबेलीको हकप्रद रोक्न हुँदैन तर यदि नियमन आयोगले रोकेमा हामी अदालतको ढोका ढकढक्याउन बाध्य हुनेछौँ ।” 

रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरका बीचमा हुन लागेको मर्जरको काम करिब करिब अन्तिम चरणमा पुगेको भन्दै उनले भने “करिब करिब यो साताभित्रमा मर्जरको अन्तिम स्किृतीका लागि विद्युत नियम आयोगमा जाने तयारीमा छौँ सम्भवत करिब २ महिनामा एकिकृत कारोबार हुन्छ मर्जर पछि हामीले सेयरधनीहरुलाई अहिले भन्दा राम्रो लाभांश वितरण गर्न सक्नेछौँ अहिलेसम्मको छलफल अनुसार करिब करिब १ः१ को अनुपातमा नै यी कम्पनीहरुका बिचमा मर्जर हुन्छ” ।

“अहिले निरन्तर बिजुली बाल्न पाइएकै आधारमा नेपालमा बिजुली जति पनि उपलब्ध छ भन्न मिल्दैन, अहिले पनि उद्योगहरुले माग जति विद्युत पाइरहेका छैनन् करिब ८३ हजार मेगावाट उत्पादन क्षमता भएको देशमा २ हजार मेगावाट उत्पादन मात्र हुँदा हामिलाई अब बिजुली पुग्यो भन्नु बिडम्बनो हो” उनले भने “अहिले ट्रान्समिसन लाईनको अभावमा विद्युतको वितरणमा असन्तुलन भएकाले धेरै ठाँउसम्म बिजुली पुर्याउन सकिएको छैन जसका कारण पनि अहिले सतहीरुपमा हेर्दा बिजुली बढी भएजस्तो देखिएको मात्र हो यसको सहि व्यवस्थापन पनि हुन सकेको छैन ।”

जलविद्युत कम्पनीहरुले लगानीकर्ताहरुलाई लाभांश दिन सकेनन् डुबाए भन्ने कुरामा असहमति जनाउँदै उनले अहिले आईपीओ जारी गर्दा कम्पनीको बारेमा केही पनि नहेरी अन्धाधुन्ध लगानी गर्नेहरुप्रति आफ्नो कुनै पनि कमेन्ट नरहेको बताए । “सबै कम्पनीहरुले सेयर निष्कासन पुर्व कम्पनीको विवरणपत्र सार्वजनिक गर्दछन् जसमा कम्पनीको व्यवस्थापनदेखि कम्पनीको विगतको वित्तिय अवस्था र आगामी वर्षको वित्तिय प्रक्षेपणसहित उल्लेख गरिएको हुन्छ त्यो कुरालाई अध्ययन नगर्ने र जुन कम्पनीको आईपीओ खुल्यो त्यसमा अन्धाधुन्ध लगानी गर्ने अनि पछि कम्पनीले डुबायो, लाभांश दिएन भन्ने ? लगानीको अन्य अवसरहरु समेत देशमा नहुँदा सेयरमा आम जनताको आकर्षण बढेको हो” उनले भने ।   

आफूहरुले सञ्चालन गरेका जलविद्युत कम्पनीहरुले नियमित रुपमा आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेकै कारणले पनि औषतमा अन्य जलविद्युत कम्पनीहरुको तुलनामा आफ्ना कम्पनीहरुको सेयरमूल्य केही बढी भएको उनको तर्क छ । अहिले बजारमा चर्चा गरिएजसरी जलविद्युत कम्पनीको सेयरमूल्य अस्वभाविक रुपमा वृद्धि भएको भन्ने तर्कसँग असहमति जनाउँदै उनले भने “अहिलेको बजारमा के जलविद्युत कम्पनीहरुको मूल्य मात्र वृद्धि भएको छ त नेप्से बढ्दा सबै कम्पनीको मूल्य वृद्धि भएको छ हो तुलनात्मक रुपमा यो क्षेत्रले यो पटक लिड गरेको होला हिजो एउटा क्षेत्रले लिड गरेको थियो, आज अर्कोले गरेको छ भने फेरी भोलि अर्कै क्षेत्रले पनि त गर्न सक्ला त्यसैले लगानीकर्ताहरुले बुझेर अध्ययन गरेर गरेको लगानीलाई कम बढी भन्न मिल्दैन ।”

उनै न्याैपानेसँग अर्थ संसार टकका लागि अर्थ संसार डटकमका प्रधान सम्पादक लिलानाथ घिमिरेले गरेका कुराकानी तल प्रस्तुत गरिएकाे छ : 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको