Like us!
Follow us!
Connect us!
Watch us!

छ्याङ्दी हाइड्रोले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउँछन् ?

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, १० : ४५ मा प्रकाशित

छ्याङ्दी हाइड्रोले ताेक्याे बुकक्लाेज मिति, कहिलेसम्म कायम शेयरधनीले हकप्रद भर्न पाउँछन् ?

छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न बुकक्लाेज मिति ताेकेकाे छ । 

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयाेजनका लागि पाैष २१ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पाैष १ गते नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61c555ab1a4c2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको