Like us!
Follow us!
Connect us!
Watch us!

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १५ : ५० मा प्रकाशित

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । 

फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ । विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेष्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरेका हुन् ।

यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन्।  यस्तै, बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन् ।  

फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उदेश्यले यो वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको