Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार, को-को बने उम्मेदवार ?

अर्थ संसार

सोमबार, १९ पुस २०७८, १६ : ४१ मा प्रकाशित

एमालेले टुंगो लगायो राष्ट्रिय सभाका १९ उम्मेदवार, को-को बने उम्मेदवार ?

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी १२ माघमा हुन लागेको निर्वाचनका लागि एमालेले सोमबार पार्टीका उम्मेदवारको नाम टुंगो लगाएको हो ।

आगामी २० फागुनमा रिक्त हुन लागेका १९ राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश १ बाट देवराज घिमिरे (खुला), सुमित्रा भण्डारी (महिला) र सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार बनाएको छ ।

यस्तै, प्रदेश २ मा असर्फी भिनवार यादव (खुला) र विना साह (महिला), बाग्मतीमा गोपाल शाक्य (खुला) र निरकुमारी कुँवर (महिला), गण्डकीमा गोविन्दबहादुर नेपाली (दलित), लीला पोखरेल (महिला), पुण्यप्रसाद पौडेल (खुला) तर्फको उम्मेदवार बनेका छन् ।

यसैगरी, लुम्बिनी प्रदेशमा कृष्णबहादुर सुनार (दलित), भारती खनाल (महिला) र रामदयाल गुप्ता (खुला), कर्णालीमा पदमबहादुर माझी (अल्पसंख्यक), गंगा थापा महत (महिला) र चुडामणि शर्मा (खुला) तथा सुदूरपश्चिम प्रदेशबाट नरेश बिक (दलित), सन्तोषकुमारी शर्मा थापा (महिला) र डिल्लीराज विष्ट (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ताकाे समय ताेकिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको