Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम १ घन्टामा डेढ अर्बको कारोबार त्यो पनि २६ अंकको ग्रोथ सहित; यसले के संकेत गर्दैछ ?

बसन्त पाण्डे

विहीबार, २२ पुस २०७८, ०३ : ०० मा प्रकाशित

अन्तिम १ घन्टामा डेढ अर्बको  कारोबार त्यो पनि २६ अंकको ग्रोथ सहित; यसले के संकेत गर्दैछ ?

नेप्सेलाई विक्ली, डेली र आवर्ली बेसिसमा हेर्दा कस्तो देखियो ? नेप्सेको विस्तृत प्राविधिक विश्लेषण: 

नेप्सेको विक्ली चार्टमा हेर्दा यो साता नेप्सेमा बुलिश मारुबोजु क्यान्डल बनेको छ। कारोबार रकम पनि अघिल्लो हप्ताहरुको भन्दा बढी छ। अघिल्लो हप्ताको क्यान्डल 'इण्डिसिसिभ'  बनेको थियो।  इण्डिसिसिभ क्यान्डल बनेपछि बजार बढ्नुले सकारात्मक संकेत गर्दछ।  

सबैभन्दा महत्वपूर्ण कुरा, यो साता नेप्से ३२२५ बाट घट्दै २२५५ सम्म झर्दा बनेको डाउन ट्रेन्डलाइन ब्रेक भएको छ।  यस अघि पटक पटक डाउन ट्रेन्डलाइन ब्रेक गर्ने प्रयास गरे पनि ट्रेन्डलाइन ब्रेक गर्न सकेको थिएन।  बजार घट्नु  वा बढ्नु अघि  सबैभन्दा पहिले प्राइस ट्रेन्डलाइनले संकेत गर्ने गर्दछ। यसले बजार अब सकारात्मक बन्न लागेको संकेत गर्दछ।  

बुलिंगर ब्याण्ड बाट हेर्दा यो साताको क्यान्डल बुलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ टेस्ट गर्न गएको छ।  अर्को हप्ता २७०० भन्दा माथि नेप्से इन्डेक्स जान सकेको खण्डमा नेप्सेले बुलिंगर ब्यान्डको अपर ब्याण्डलाइ टेस्ट गर्न जान सक्ने सम्भावना रहन्छ जुन करिब ३००० को बिन्दु हुन आउँछ।  यस अघि पनि नेप्से  २८७७ को बिन्दुमा पुग्दै गर्दा मिडल ब्याण्डलाइ ब्रेक गर्न सकेको थिएन। त्यसैले २७०० को बिन्दु भन्दा माथि बजार जान्छ कि जाँदैन भन्ने कुरालाई लगानीकर्ताहरुले विशेष गरी ख्याल गर्नुपर्ने देखिन्छ।  

स्टोक्यस्टिक  RSI एउटा लिडिङ्ग इन्डिकेटर हो।  यसले बजारको मुभमेन्टलाइ अरु इन्डिकेटरहरुले आइडेण्टिफाई गर्नु अगाडी नै देखाउने गर्दछ।  स्टोक्यास्टिक RSI ले स्ट्रंग बाइ सिग्नल दिइसकेको हुँदा आउने साता पनि नेप्सेको अप्वार्ड मुभमेन्ट कायमै रहन सक्ने अनुमान गर्न सकिन्छ।  
त्यसैगरी सुपर ट्रेन्ड इन्डिकेटरले  (Length 5, Factor 1) प्रायजसो एक्युरेट रिजल्ट दिने गर्दछ।  यसले पनि बाइ सिग्नल दिइसकेको हुँदा बजार बढेर नै जाने सक्ने सम्भावना बढेर गएको छ।  

डेली क्यान्डलबाट हेर्दा: 

नेप्सेको डेली क्याण्डल चार्ट हेर्दा प्राय: सबै इण्डिकेटरहरुले सकारात्मक संकेत गरेका छन। आज नेप्सेमा सानो टेल सहितको बुलिश मारुबोजु क्यान्डल बनेको छ जसले बजारमा खरिद चाप उच्च रहेको देखाएको छ।  तर विगत केहि दिनदेखि देखिइ रहेको कारोबार रकम भन्दा आज थोरै कारोबार हुनुले त्यत्ति धेरै राम्रो संकेत दिदैन।  नेप्सेले २७६० को बिन्दुलाई क्रस गर्न सफल भएमा बजार २०० दिनको मुभिंग एभरेज भन्दा माथि जानेछ र बजारको बुलिश यात्रा सुरु हुनेछ।  

१ घन्टे क्यान्डलबाट हेर्दा : 

आज नेप्सेमा करिब ३ अर्ब ५४ करोडको हाराहारीमा कारोबार हुँदा १ अर्ब ५० करोड भन्दा बढी रकमको कारोबार अन्तिम १ घण्टामा भएको छ। सोहि अन्तिम १ घन्टामा नेप्से परिसूचक पनि २६ अंकले बढेको छ।  यसरी अन्तिम १ घन्टामा उच्च अंकले बजार बढ्दै उच्च भोलुममा कारोबार हुनुले लगानीकर्ताहरुमा अब बजार बढेर नै जान्छ भन्ने किसिमको मनोबल बढ्दै गएको विश्लेषण गर्न सकिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको