Like us!
Follow us!
Connect us!
Watch us!

कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन, स्मार्ट लकडाउनबारे छलफल

अर्थ संसार

शुक्रबार, २३ पुस २०७८, २० : २१ मा प्रकाशित

कोरोना नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्न निर्देशन,  स्मार्ट लकडाउनबारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको संक्रमण फैलन नदिन कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । 

नेपालमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकमा प्रधानमन्त्री देउवाले राज्यका सम्पूर्ण निकायलाई संक्रमण नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् । 

छलफलमा प्रधानमन्त्री देउवाले संक्रमण दर बढ्न नदिन सीमा नाकाहरुलाई चुस्तदुरुस्त बनाउन पनि निर्देशन दिए । 

स्वास्थ्य मन्त्री बिरोध खतिवडाका अनुसार कोभिडविरुद्धको खोप लगाउने कामलाई थप तिब्रता दिन प्रधानमन्त्रीले निर्देशन दिए । 
नागरिकको जीवनरक्षा बचाउनु सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै प्रधानमन्त्री देउवाले पछिल्लो अवस्थाबारे जानकारी लिएका थिए । 

मन्त्री खतिवडाका अनुसार बैठकमा स्मार्ट लकडाउनबारे समेत छलफल भएको थियो । तर अवस्था हेरेर पछि निर्णय लिनेबारे छलफल भएको थियो । 

बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको अवस्था र मन्त्रालयले गरिरहेको कामका बारेमा ब्रिफिङ गरेका थिए । 

आजको बैठकमा कोभिडको बढ्दो दर र विश्वमा कहाँ-कहाँ ओमिक्रोन कसरी वृद्धि भइरहेको छ भन्ने लगायतका विषयमा छलफल भएको थियो । नेपालमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट शुक्रबार एकैदिन ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको