Like us!
Follow us!
Connect us!
Watch us!

कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा नबिल बैंकको सहकार्य

अर्थ संसार

मंगलबार, २७ पुस २०७८, ११ : ०८ मा प्रकाशित

कृषि कर्जा मेला तथा कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा नबिल बैंकको सहकार्य

नबिल बैंक लिमिटेडले नेपालमै पहिलो पटक आयोजना हुन गईरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” मा सहकार्य गर्न आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्ससँग सम्झौता गरेको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघद्वारा यही २०७८ माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पा“चौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को आयोजना आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सले गर्दैछ । कृषि सम्बन्धी सम्पूर्ण सरोकारवालाहरू जस्तै किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरूलाई एउटै थलोमा ल्याउने उक्त मेलाको प्रमुख उदेश्य रहेको छ ।

नबिल बैंकद्वारा प्रस्तुत हुन गईरहेको उक्त मेलाको प्रमुख आकर्षण “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरूबीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइने रहेको छ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्सका तर्फबाट अध्यक्ष श्रीमती सुनिता न्हेम्हाफुकीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको निरज कुमार बस्नेत (डनिल) ले बताएका छन् ।

उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको