Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ मिनेटको अवधिमै १ अर्ब १३ करोडको कारोबार : यसले के संकेत गर्दछ ?

बसन्त पाण्डे

आइतबार, ०२ माघ २०७८, ११ : ५७ मा प्रकाशित

नेप्सेमा ५ मिनेटको अवधिमै १ अर्ब १३ करोडको कारोबार : यसले के संकेत गर्दछ ?

नेप्सेमा ५ मिनेटको अवधिमा १ अर्ब १३ करोडको कारोबार भएको छ।  ११:२० देखि ११:२५ को अवधिमा १ अर्ब १३ करोडको आक्रामक कारोबार भएको हो।  

बजारमा यस किसिमका घटनाहरु निकै कम घट्ने गर्दछन् । सबैभन्दा महत्वपूर्ण कुरा भनेको त्यसरी १ अर्ब १३ करोडको कारोबार हुँदै गर्दा नेप्से ५ अंक भन्दा धेरैले बढेको थियो।  यसले के देखाउँछ भने यो अवधिमा बजारमा ठुला तथा संस्थागत लगानीकर्ताहरुको प्रवेश भएको छ।

माघ महिना लागेसँगै बजार तिब्र रुपमा बढ्ने भन्ने किसिमको विश्लेषणहरु आइरहँदा त्यसले साना लगानीकर्ताहरुमा पनि बजार अब बढ्ने नै हो भन्ने किसिमको मनोबल विकसित हुँदै गएको छ भने ठुला तथा संस्थागत लगानीकर्ताहरु पनि यो अवसरको भरपुर सदुपयोग गर्ने पक्षमा देखिएको कुरालाई ५ मिनेटको अवधिमा भएको यो उच्च कारोबारले पुष्टि गरेको छ।  

61e3ba73b546d.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको