Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा बन्याे दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलाे कम्पनी,कस्ताे छ प्रगति ?

अर्थ संसार

मंगलबार, ०४ माघ २०७८, ०७ : २३ मा प्रकाशित

कामना सेवा बन्याे दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्ने पहिलाे कम्पनी,कस्ताे छ प्रगति ?

कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशन गर्ने कामना सेवा नै पहिलाे कम्पनी हाे । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ११.८९ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले ३९ करोड ४७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने ३१.६६ प्रतिशतले बढेर ९० करोड ५९ लाख ६० हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ६८ करोड ८० लाख ८९ हजार रूपैयाँ रहेकाे थियाे ।

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ४१.५१ प्रतिशतले बढेर ४९ करोड ९ लाख ७३ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३४ करोड ६९ लाख ५६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ९ करोड ६७ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, बैंकको चुक्ता पुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ र जगेडा कोषमा एक अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चित रहेको छ । बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २१ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको