Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ लघुवित्तसहित ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेप्से

विहीबार, ०६ माघ २०७८, १४ : ०१ मा प्रकाशित

नेप्सेमा ३ लघुवित्तसहित ४ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) ४ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार एउटा वाणिज्य बैंक र ३ वटा लघुवित्तहरूकाे बाेनस सूचिकृत भएकाे हाे ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे १३.३० प्रतिशत बोनस बापतको एक कराेड २० लाख ४० हजार ६ सय १० कित्ता सेयर सूचिकृत भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडकाे कार्तिक २६ गते, शुक्रबार सम्पन्न भएकाे तेइसौँ वार्षिक साधारण सभाले बैंकको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

61e912b692d6b.jpg

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १६.९०६४ प्रतिशत बाेनस बापतकाे एक लाख ४१ हजार कित्ता सेयर सूचिकृत भएको हो ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष ७७।७८ सम्मको मुनाफाबाट चुक्ता पुँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस सेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेकाे थियाे ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे ६ लाख ४२ हजार ४ सय ५१  कित्ता सेयर सूचिकृत भएको हो ।

साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाँचौ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागी १.३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्बतबाट पारित गरेको थियाे ।

 

त्यसैगरी, आ​शा लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे ६ लाख ६७ हजार ८ सय २८  कित्ता सेयर सूचिकृत भएको हो ।

आशा लघुवित्त वित्तीय संस्थाकाे पाँचौँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको