Like us!
Follow us!
Connect us!
Watch us!

एकदिनमा एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

अर्थ संसार

विहीबार, ०६ माघ २०७८, १५ : ४६ मा प्रकाशित

एकदिनमा एक अर्बले घट्याे निक्षेप संकलन, सीडी रेसियो कति ?

एकदिनकाे अवधिमा वाणिज्य बैंकहरुको निक्षेप संकलन घटेकाे छ । बैंकहरूकाे कर्जा लगानी पनि घटेकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन र कर्जा लगानी दुवै घटेकाे हाे ।

माघ ५ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकहरूकाे निक्षेप एक अर्बले घटेकाे हाे । माघ ४ गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब ५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । 

त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी पनि घटेकाे छ ।  बैंकहरुको कर्जा लगानी एक अर्ब रुपैयाँले घटेर ४१ खर्ब ४० अर्ब रुपैयाँ पुगेकाे छ । माघ ४ गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

बैंकहरूकाे सीडी रेसियो घटेकाे छ । माघ ४ गते औसतमा ९०.०२ प्रतिशत रहेको सीडी रेसियो माघ ५ गतेसम्ममा बढेर ९०.०४ प्रतिशत पुगको छ। 

61e934cb404ae.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको