Like us!
Follow us!
Connect us!
Watch us!

काेराेनाका कारण नबिल बैंकका यी शाखा बन्द हुने

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १२ : २९ मा प्रकाशित

काेराेनाका कारण नबिल बैंकका यी शाखा बन्द हुने

कोरोना भाइरस (COVID 19) को जोखिमलाई मध्यनजर गर्दै नबिल बैंक लिमिटेडले आफ्ना विभिन्न शाखा कार्यालयहरु बन्द गर्ने भएकाे छ । 

आज (माघ ९ गते, आइतबार) बन्द हुने शाखाहरूमा प्रदेश नम्बर १ काे हिले शाखा, उर्लाबारी शाखा र महेन्द्र चाेक शाखा, मधेश प्रदेशकाे सिराहा शाखा, बागमती प्रदेशकाे बालाजु शाखा, भैँसेपाटी शाखा, ग्वार्को शाखा, जोरपाटी शाखा, कलंकी शाखा, मैतिदेवी शाखा, नारायणगढ शाखा, पनौति शाखा, सातदोबाटो शाखा, गोठाटार शाखा, न्यूरोड शाखा, दरबार मार्ग (धर्म पथ) शाखा र कालिमाटी शाखा, गण्डकी प्रदेशकाे गैँडाकाेट शाखा र लुम्बिनी प्रदेशकाे घाेराही शाखा रहेकाे छन् ।

यी बाहेक अन्य सम्पूर्ण शाखा कार्यालयहरू भने बिहान १० बजेदेखि ३ बजेसम्म खुल्ला रहने बैंकले जनाएकाे छ । यस विषम परिस्थितिमा यथासंभव डिजिटल (Digital) बैंकिङ्ग सेवाहरु प्रयोग गर्न बैंकले समस्त ग्राहकहरुमा अनुरोध गरेकाे छ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको