Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी, संलग्न जो केहीलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

अर्थ संसार

आइतबार, ०९ माघ २०७८, १६ : १९ मा प्रकाशित

क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी, संलग्न जो केहीलाई कारबाही गर्ने राष्ट्र बैंकको चेतावनी

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको कारोबार गैरकानुनी रहेकाे बताउँदै यसमा संलग्न जो केहीलाई पनि कारबाही गर्ने चेतावनी दिएकाे छ । 

राष्ट्र बैंककाे विदेशी विनिमय व्यवस्थापन विभागले आज (आइतबार) एक सूचना प्रकाशन गर्दै हालका दिनहरुमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई Virtual Currency/ Cryptocurrency हरुको कारोबार/प्रयोग गर्न तथा त्यस्ता Virtual Currency/Cryptocurrency हरुसँग सम्बन्धित Hyper Fund जस्ता कोषमा लगानी गर्न र Jocial, Crowd 1, Solemax Global जस्ता पिरामिडमा आधारित Network Marketing मा आवद्ध हुन प्रोत्साहन गर्ने /गराउने गरेको जानकारी प्राप्त हुन आएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण जनाएको छ ।                               

नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा Virtual Currency/Cryptocurrency ले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने भएकाले त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिकहरु समेतले त्यस्तो कार्य गरे/गराएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएकाे छ ।   क्रिप्टो करेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

61ed30ded6154.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको