Like us!
Follow us!
Connect us!
Watch us!

क्रिप्टो करेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा, गैरकानुनी कारोबार नगर्न प्रहरीको आग्रह

अर्थ संसार

शुक्रबार, ०७ माघ २०७८, १७ : ०२ मा प्रकाशित

क्रिप्टो करेन्सीको कारोबार गर्ने ३ जना प्रहरीको फन्दामा, गैरकानुनी कारोबार नगर्न प्रहरीको आग्रह

महानगरीय अपराध महाशाखा काठमांडौले नियम विपरित क्रिप्टो करेन्सीको कारोबार गर्ने ३ जनालाई काठमाण्डौको मिनभवनबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा पर्बत  जिल्ला फलेबास ११ कर्नास घरभई हाल पोखरा बस्ने २१ बर्षका राजन भट्टराई, सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका ४ ईटहरी बस्ने २५ बर्षका बिशाल श्रेष्ठ र काठमाण्डौ महानगरपालिका ११ थापाथली बस्ने २७ बर्षका दिपेराज श्रेष्ठ रहेको महाशाखाले जनाएको छ ।  

उनिहरुले नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तिय कारोबार गर्न जारी गरेको नियम बिनियम, निर्देशन, आदेश बिपरित क्रिप्टो करेन्सी बिट क्वाईनबाट बित्तिय कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुलाई पक्राउ गरी बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाण्डौमा पठाइएको हो ।

पक्राउ परेका राजन भट्टराईले हालसम्म ९७५ जना व्यक्तिहरूसँग एक हजार ९२६ पटक कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले मंसिरदेखि पुससम्म २६ लाख रुपैयाँ बराबरको कारोबार गरेको र अन्य दुई जना पनि कारोबारमा संलग्न देखिएको महाशाखाले जनाएको छ। 

साथै नेपालमा क्रिप्टो करेन्सी को कारोबार गर्ने गराउने कार्य नेपालको कानुन बिपरित रहेको र यस्तो कार्य गर्ने गराउने सबैलाई कानून बमोजिम सजाय हुने भएकोले यस्तो कार्य नगर्न, नगराउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

61ea96e5bf55c.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको