Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको १५  मिनेटको चार्टमा देखियो बुलिश डाइभर्जेन्स: भोलिको बजार कस्तो रहला ?

बसन्त पाण्डे

सोमबार, १० माघ २०७८, १६ : १६ मा प्रकाशित

नेप्सेको १५  मिनेटको चार्टमा देखियो बुलिश डाइभर्जेन्स: भोलिको बजार कस्तो रहला ?

साताको दोश्रो दिन सोमबार नेप्से ९९.८६ अंकले घटेर २८२०.६६ को बिन्दुमा क्लोज भएको छ। बजार उच्च अंकले घट्दै गर्दा ८ अर्ब ८८  करोड भन्दा धेरै रकमको कारोबार हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।  ५/६ कारोबार दिनदेखि २८८० देखि २९८० को बिचमा कन्सोलिडेट भैरहेको बजार माथि वा तल जतापट्टि ब्रेकआउट भएपनि त्यसपछि शार्प मुभमेन्ट आउनसक्ने विश्लेषण हामीले हिजोको अङ्कमा गरेका थियौँ (यहाँ हेर्नुहोस)। 

प्राविधिक रुपमा कस्तो देखियो आजको बजार ?

आज बजारमा सुरुवाती चरणदेखि नै सेलिङ्ग प्रेसर देखियो। सुरुवाती चरणमा बजारको घट्ने गति कम थियो तर बिस्तारै त्यो गति बढ्दै गयो १ बजेपछि बजार झन् धेरै घट्न थाल्यो। आज बजार घट्दै गर्दा टर्नओभर पनि बढेको देखियो। आजको कारोबार रकमलाई रिटेलर लगानीकर्ताहरुको मात्र भोलुम मान्न सकिदैन।  संस्थागत तथा ठुला लगानीकर्ताहरुले ठुलो परिमाणमा सेयर बेच्न सुरु गरिसकेपछि रिटेलर लगानीकर्ताहरुले पनि सेयर बिक्रीमा राख्दा उच्च अङ्कमा नेप्से घटेको देखिन्छ।  

आज अन्तिम १५ मिनेटको अवधिमा बजार करिब १७ अंकले बढेको छ भने सो अवधिमा करिब १ अर्बको कारोबार भएको छ।  १५ मिनेटको चार्टमा मोमेण्टम इण्डिकेतरहरुमा बुलिश डाइभर्जेन्स देखिएको छ।  बजार २८३६ बाट घटेर २८०३ को बिन्दुसम्म आइपुग्दै गर्दा प्राइस घटे पनि RSI र Stochastic RSI का लेभलहरु तलबाट माथितिर लागेका छन, जसलाई प्राविधिक भाषामा बुलिश डाइभर्जेन्स भनिन्छ।  (तल चार्टमा हेर्नुहोस)


यसरी इन्डिकेटरहरुमा बुलिश डाइभर्जेन्स बनिसकेपछि त्यसले बजार बढेर जाने संकेत गर्दछ।  

अबको सपोर्ट एरिया कुन कुन ?

आज बजार २८०३ को बिन्दुसम्म आएर बढेको छ। बजार २२६० को बिन्दुबाट बढेर २९८३ सम्म पुगेर घट्न थालेको हुँदा यी दुइ बिन्दुहरुलाई आधार मान्दै फ़िबोनासि रिट्रेशमेन्ट लगाएर हेर्दा ०.२३६ को एरिया भनेको २८१२ को एरिया हो।  बजार २८१२ को बिन्दुभन्दा तल गई पुन: २८२० को बिन्दुमा पुगेकाले भोलि बजार यहि लेभलबाट बढेर माथितिर जान सक्ने पनि देखिएको छ।  अर्को महत्वपूर्ण एरिया भनेको २७८० को एरिया हो, जुन २०० दिनको मुभिंग एभरेजको बिन्दु हो।  यदि बजार २७८० को बिन्दुमा पनि सपोर्ट लिंदैन भने बजारको सबैभन्दा बलियो सपोर्टको बिन्दु २७०५ को एरियामा छ जुन फ़िबोनासिको ०.३८२ को बिन्दु हो भने पिभोटको सपोर्ट एरिया पनि २७०५ कै एरियातिर पर्न आउँछ।   

अन्तिम १५ मिनेटमा आक्रामक खरिद, मंगलबारबाट बजार कता जाला ? प्राविधिक रुपमा नेप्से !

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको