Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से कन्सोलिडेसनमा, सेयर एकुमुलेसन भैरहेको छ कि डिस्ट्रिब्युसन ?

बसन्त पाण्डे

आइतबार, ०९ माघ २०७८, १६ : ०४ मा प्रकाशित

नेप्से कन्सोलिडेसनमा, सेयर एकुमुलेसन भैरहेको छ कि डिस्ट्रिब्युसन ?

यो साताको पहिलो दिन आज आइतबार नेप्से १०.८२ अंकले घटेर बन्द भएको छ। आज नेप्सेमा करिब ७ अर्ब ३ करोडको कारोबार भएको छ भने नेप्से २९२०.५२ को बिन्दुमा क्लोज भएको छ । 

विगत ६ वटा कारोबार दिनदेखि नेप्से २८८० देखि २९८० को बिन्दुमा कन्सोलिडेट गरिरहेको छ । यसरी अलिक लामो समयसम्म कन्सोलिडेट भैसकेपछि माथितिर वा तलतिर जतापट्टि ब्रेक आउट भए पनि एउटा शार्प मुभमेन्ट आउने बलियो सम्भावना रहन्छ ।  

नेप्सेको अबको यात्रा कस्तो रहला ? 

२२६० को बिन्दुबाट माथितिर उक्लन थालेको बजारमा ६% भन्दा ठुलो करेक्सन आएको छैन। बजार २२६० बाट बढेर २४९२ को बिन्दुमा पुगेपछि ५.९१% को एउटा करेक्सन आउंदै बजार २३४५ को बिन्दुसम्म झरेको थियो।  त्यसपछि बढ्न थालेको बजार २६१५ को लेभलसम्म पुग्यो र त्यहाँबाट ४.९८% को करेक्सन आउंदै २४८४ को बिन्दुसम्म आयो।  २४८४ को बिन्दुबाट निरन्तर बढेको बजारमा बीच बीचमा कुनै एक दिन रातो क्यान्डल देखिनुबाहेक कुनै उल्लेखनिय करेक्सन देखिएको छैन।  २२६० बाट बजार बढ्दै २९८३ को बिन्दुसम्म पुग्दा बजार ७२३ अंकले बढिसकेको छ जुन ३२% को वृद्धि हो। बजारमा ३२% को ग्रोथ आइसकेपछि अलिक लामो समय कन्सोलिडेट गर्नुलाई दुइ हिसाबले व्याख्या गर्न सकिन्छ: 

नेप्से कन्सोलिडेसनमा:के हुदैँछ,के हुनसक्छ? सेयरबजार प्राविधिक रुपमा कता जाने देखिन्छ?

१) रिटेलर लगानीकर्ताहरुले नाफा बुक गरिरहेको र संस्थागत तथा ठुला लगानीकर्ताहरुले सेयर एकुमुलेट गरिरहेको अवस्था। अझ स्पष्ट शब्दमा भन्नुपर्दा बजारले अझै माथिल्लो लेभलमा जान शक्ति संचय गर्दै गरेको अवस्था।  

२) बिस्तारै ठुला तथा संस्थागत लगानीकर्ताहरुले सेयर बेच्दै गरेको (अफलोड) अवस्था र रिटेलर लगानीकर्ताहरुले किन्दै गरेको अवस्था।  स्पष्ट शब्दमा ठुला तथा संस्थागत लगानीकर्ताले सेयर डिस्ट्रिब्युसन गर्दै गरेको अवस्था।  

माथि उल्लेखित यी दुइ अवस्थामध्ये यो नै भएको हो भनेर भन्न सकिने स्पष्ट आधारहरु विकसित भैसकेका छैनन्।  आउने दिनहरुमा यदि बजार २८८० भन्दा माथि माथि नै बस्न सफल रहन्छ र यसअघिको २९८३ को बिन्दुलाई क्रस गरेर माथितिर लाग्छ भने बजारको यात्रा माथितिरकै हुनेछ र त्यो  अवस्थामा माथिको १ नम्बरको बुँदामा उल्लेख गरिए जस्तै यो कन्सोलिडेसनमा सेयर एकुमुलेसन भएको भन्न सकिनेछ यदि बजार घट्दै २८८० को बिन्दुबाट पनि तलतिर झर्दै गइ  २८३० देखि २८०० को एरियामा पनि सपोर्ट लिएन भने माथिको दोश्रो नम्बरको बुँदामा भनिएझैं ठुला र संस्थागतबाट रिटेलर लागनिकर्तामा सेयर डिस्ट्रिब्युसन भएको मान्न सकिनेछ।  

61ed2ef08c695.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको