Like us!
Follow us!
Connect us!
Watch us!

बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य

पत्रपत्रिका

बुधबार, १२ माघ २०७८, ११ : ०२ मा प्रकाशित

बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य

बिमा समितिले बिमा कम्पनीलाई जलवायु जोखिमको विवरण अनिवार्य रुपमा सार्वजनिक गर्नुपर्ने निर्देशन जारी गरेको छ । समितिले २०७९ साउन १ गतेदेखि लागू हुने गरी ‘जलवायु जोखिम सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै जीवन तथा निर्जीवन बिमा कम्पनीहरु सबैले आफ्नो वार्षिक प्रतिवेदनमा जलवायु सम्बन्धी जोखिमबाट आफ्नो व्यवसायमा परेको प्रभाव खुलाउनुपर्ने व्यवस्था गरेको हो ।

निर्देशिका अनुसार विवरण प्रकाशन नगरेमा बिमा कम्पनीले सोसम्बन्धी कुनै वैकल्पिक सूचना प्रकाशन गर्नुपर्ने वा जलवायु जोखिम सम्बन्धी विवरण बीमकको पोर्टफोलियोसँग सान्दर्भिक भए वा नभएको वा त्यस्तो विवरण उपलब्ध हुन नसक्नाको कारण स्पष्ट खुलाउनु पर्ने पनि निर्देशिकामा जनाइएको छ ।

निर्देशिका लागू भएको मितिले तीन वर्ष पूरा भएपछि बीमकले नयाँ बिमा योजना तयार गर्दा सोको बिमाशुल्क निर्धारणमा जलवायु जोखिमलाई कसरी समाविष्ट गरिएको छ, सो पनि स्पष्ट रुपमा खुलाउनुपर्ने पनि निर्देशिकामा लेखिएको छ ।

बिमा कम्पनीले जलवायु जोखिमको प्रभाव सम्बन्धी विवरण आफ्नो वेबसाइटमार्फत प्रकाशित गरी त्यस्तो जोखिम न्यूनीकरण कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आफ्ना ग्राहकलाई सुझाव दिनुपर्ने भन्दै निर्देशिकाले बिमा क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्नका साथै जलवायु परिवर्तनबाट बीमकहरुमा आइपर्ने जोखिमहरु तथा त्यसको प्रतिकार्य स्वरुप उनीहरुबाट भएका कार्यको मूल्यांकन गर्न उक्त निर्देशिका जारी गरिएको जनाएको छ ।

(याे समाचार आजकाे काराेबार दैनिकमा छ ।) 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको